महिला उद्यमशिलताको नमु ना कुटुम्बश्री

महिला उद्यमशिलताको नमु ना कुटुम्बश्री

कृषि जीवन कष्टकर भएको र सोको अनुपातमा आम्दानी गर्न नसकेको कुरा सर्वविदितै छ । अझ भन्ने हो भने अहिले त ग्रामिण क्षेत्रबाट अधिकाँस पुरुषहरु वैदेशिक रोजगारमा खाडी मुलुक गएको कारण कृषि पेशा महिलाहरुको काधमा आएको छ । तसर्थ कृषकहरुको त्यसमा पनि विशेष गरि ग्रामिण महिलाहरुको कष्टकर जीवनलाई सहज बनाउन हाम्रो जस्तो भू–वनोट र साना साना कृषकहरु रहेको देशको लागि उपयुक्त कृषिमा आधारित उद्यम मोडल कार्यान्वयनमा ल्याउन अति जरुरी छ । कृषि र महिला उद्यमशिलता बिकासका नाममा धेरै योजना तथा कार्यक्रममा आए पनि समस्या झन बढ्दै गएको छ । कृषि पेशाबाट लगानी समेत उठ्न नसकेको अवस्थाले कृषि पेशाबाट नै वितृष्णा जागी, खेत बाझै छोडेर अन्य पेशामा पलायन हुनेको जमात दिनानुदिन बढिरहेको छ । तसर्थ हाम्रो जस्तो देशमा कस्तो कृषि प्रणाली अवलम्बन गर्दा सफल हुन्छ भन्ने कुरा बुझन हामी हाम्रो जस्तै देशहरुमा भएका सफल प्रयासहरुको अध्ययन र अवलोकन गरिरहेका छौ जसबाट हामीले पनि केहि सिक्न सकौ । विभिन्न देशहरुको ग्रामिण उद्यमशिलता मोडेल मध्ये भारतको केरला राज्यमा संचालित कुटुम्बश्री मोडेल ग्रामीण उद्यमशिलता बिकासमा निकै सफल र प्रभावकारी भएको पाईएको छ । अझ भन्ने हो भने महिलकेरलाा केन्द्रित रहेको कुटुम्बश्री मोडेलले केरलामा गरिबी निवारण र स्वरोजगार सृजनामा चमत्कार नै गरेको छ । नयाँ वर्ष सँगै नेपालमा पनि सबै तहका जनप्रतिनिधिहरुमा यस्तै खाले सोचको बिकास होस भन्ने हेतुले केरलाको कुटुम्बश्री मोडेलबारे जानकारी पु¥याउने उद्देश्यले यस अंकको आवरण कथाको रुपमा प्रस्तुत गरेका छौं ।

के हो कुटुम्बश्री

मोडेल कुटुम्बश्री भारतको केरला राज्य सरकारको पहलमा गरिवी निवारण तथा महिला शसक्तिकरणको लागि संचालनमा ल्याईएको राज्यस्तरको समुदायमा आधारित कार्यक्रम हो । केरलाको स्थानीय भाषा मल्यालममा कुटुम्बश्री भन्नाले परिवारमा सम्बृद्धि भन्ने बुझिन्छ । कुटुम्बश्रीको शुरुवात १९९७ मा भएको थियो भने एकबर्ष पछि औपचारिक रुपमा कार्यान्वयनमा ल्याइयो । यो कार्यक्रको शुरुवात केरला राज्यमा कम्युनिष्ट सरकार भएको बेला भएको हो । केरला राज्यमा विभिन्न समयमा विभिन्न दातृ निकायहरुले समूहमा आधारित रहेर गरेको कामलाई नै यो कार्यक्रमले संस्थागत गरेको पाईन्छ । यो गरिवी उन्मुलन तथा महिला शसक्तिकरण कार्यक्रमको संचालन केरला सरकारको क्तबतभ एयखभचतथ भ्चबमष्अबतष्यल ःष्ककष्यल ९क्त्भ्ः० ले संचालन गर्दछ । यस कार्यक्रमको परिचालन समितिको अध्यक्षमा राज्य सरकारको स्थानीय स्व–सरकार ९ीयअब िक्भाि न्यखभचलmभलत, ीक्न्० मन्त्री हुन्छन भने संचालक समितिको नेतृत्व मूख्य सचिव, स्थानीय स्व–सरकार विभाग प्रमुखले गरेका हुन्छन् । उक्त समितिमा अन्य विभिन्न निकायका प्रमुखहरु समितिको रुपमा रहन्छन् ।

यो कार्यक्रमले अहिले केरला राज्यको ७० % जनसंख्यालाई समेटेको छ भने यसमा प्रत्यक्ष रुपमा करिब ४३ लाख महिलाहरु जोडिएका छन् । कुटुम्बश्रीले उल्लेख गरे अनुसार यो अहिले संसार कै सबै भन्दा ठूलो महिला समूह हो । केरलामा यस मोडलको सफलताका कारण अहिले यो मोडल अफ्रिकाको विभिन्न देशहरुमा पनि संचालनमा ल्याईएको छ । समुदायको अगुवाईमा संचालित यो कार्यक्रमले शुरुवाती दिनमा भविष्यको लागि बचत गर्न अभिप्रेरित गरेको थियो भने अहिले करिब २० वर्षको दौरानमा कुटुम्बश्री कार्यक्रम लाखौ महिलाहरुको जीवन रेखा बनेको छ जसले उनीहरुलाई आत्मनिर्भर र समाजमा पहिचान दिलाउन सफल तुल्याएको छ ।

कुटुम्बश्रीको संरचना

कुटुम्बश्री तीन तहको महिला सामुदाकिय संजालमा आधारित रहेर संचालन हुन्छ । जस अन्तर्गत सबैभन्दा तल्लो तहमा छिमेकी समुदाय रहन्छ , बीच तहमा क्षेत्र बिकास समाज र माथिल्लो तहमा समुदायिक बिकास समाजको संरचना छ ।

छिमेकी समूह (Neighbourhood GroupsNHGs)

छिमेकी समूह सबैभन्दा तल्लो तहमा स्थापना हुने समूह हो । यस समूहमा छिमेकमा रहेका १० देखी २० घरधुरीबाट महिलाको प्रतिनिधित्व हुन्छ । एउटा घरबाट एकजनामहिलाले मात्र प्रतिनिधित्व गर्न मिल्छ र महिलाको उमेर कम्तिमा १८ वर्ष पुगेका ुनु पर्दछ । कुनै सदस्यले उक्त समूह छोडेमा सोही परिवारको अर्को सदस्यले प्रतिस्थापन गर्न मिल्छ । यो समूहले समुदायिक बिकास समाजले तय गरेको निती नियममा रहेर काम गर्नु पर्दछ । सरकारद्धारा उपलब्ध गराइने कुनै पनि सेवा सुविधा लिनको लागि गरिव परिवार यो समूहमा आबद्ध भएकै हुनु पर्दछ । अपांगता भएका, मानसिक रोगीहरु वा एचआइभि प्रमाणित भएका र अति विपन्न परिवारहरुले विशेष छिमेकी समूहको गठन गर्न सक्नेछन् । यी विशेष छिमेकी समूह गठनको लागि राज्यसँग अनुमतिमा लिनु पर्दछ र यदि अनुमति पाएमा अन्य छिमेकी समूह सरहको मान्यता पाउछ ।

यस समूहमा आबद्ध भएका सदस्यहरु मध्येबाट ५ जनाको संचालक समितिको गठन हुन्छ जसमा अध्यक्ष, सचिव सहित आयआर्जन , स्वास्थ्य– शिक्षा र आधारभूत पूर्वाधार विकास क्षेत्रलाई समेट्ने गरि ३ स्वयंसेवक रहेका हुन्छन् । निवार्चनद्धारा चुनिने उक्त समितिमा अध्यक्ष वा सचिव अनिवार्य रुपमा गरिवीको रेखा मुनि रहेको परिवारबाट नै हुनु पर्दछ । यदि उक्त समुहमा कुनै पनि सदस्य गरिविको रेखा मुनिबाट नभएको खण्डमा मात्र अन्यले नेतृत्व गर्न पाउछन् । यस समूहले नियमित रुपमा वैठक बसी बचत तथा ऋणको काम गर्दछ । समूहमा आबद्ध सदस्यहरु मध्ये सबै भन्दा कमजोर आर्थिक अवस्था भएको सदस्यले साप्ताहिक रुपमा जम्मा गर्न सक्ने रकमलाई नै न्यूनतम बचतको रुपमा तोकिएको हुन्छ । यदि कुनै सदस्यको बचत गर्न सक्ने क्षमता नै छैन भने उसलाई अनिवार्य हुदैन । यो सबै निर्णय गर्ने अधिकार समूहलाई नै हुन्छ । साप्ताहकि बचत गर्न नसकने सदस्यले समुहको अन्य सेवाबाट बन्चित भने हुनु पर्दैन । समूहको बैठक प्रत्येक हप्ता सदस्यहरुको घरमा पालैपालो बस्दछ । समूहले कम्तिमा छ महिना नियमित रुपमा बैठक, बचत तथा ऋण कार्यक्रम संचालन गरे पछि बैंकसँग आबद्धताको लागि आवेदन गर्न पाउँछ र यदि सफल भएको खण्डमा समूहले आवश्यक्ता अनुसार बैंकसँग कर्जा लिन मिल्छ र सदस्यहरुले आवश्यक्ता अनुसार कर्जा लिन सक्छन् । यो समूहले स्थानीय सरकारसँग मिलेर बिकास सम्बन्धि कार्यहरुमा पनि सहभागिता जनाउछ । गाँउ पंचायतको बैठक वा कार्यक्रममा यस समूहको सहभागिता अनिवार्य हुन्छ ।

क्षेत्र विकास समाज (Area DevelopmentSociety- ADS)

स्थानीय तहको वडामा भएका विभिन्न छिमेकी समूहहरुको निवार्चित प्रतिनिधिहरुबाट क्षेत्र विकास समाजको गठन हुन्छ । यो वडा स्तरमा संचालनमा आउने समूह हो । गाँउ पालिकामा वडा सदस्य र नगर तथा महानगरपालिकामा वडा पार्षद यसको सरंक्षकको रुपमा रहन्छन् । कुनै पनि वडामा कम्तिमा २ वटा छिमेक समूहको गठन भए पछि क्षेत्र बिकास समाजको गठन हुन्छ । यस समूहको सदस्यहरु मध्येबाट ७ सदस्यीय संचालक समितिको गठन हुन्छ जसमध्येबाट अध्यक्ष, उपाध्यक्ष र सचिव पदाधिकारी चुनिन्छन भने आईसिडिएस÷आगनवाडी कामदार, साक्षरता प्रेरक, समूहको भूतर्पूव पदाधिकारी मध्येबाट २ जना, वडामा काम गर्ने जुनियर नर्स पदेन सदस्यका रुपमा रहन्छन । यस समुहको मुख्य काम नै माथिल्लो तह र छिमेकी समूह बचि समन्वयको काम गर्नु हो । यसले छिमेकी समूहहरुलाई निगरानी गर्नुका साथै घरेलु तथा साना उद्यमहरु स्थापना गर्न तथा संचालन गर्नमा सहयोग पु¥याउँछ । राज्य वा स्थानीय सरकारको निर्देशन अनुसार विभिन्न कार्यक्रमहरु संचालन गर्नमा यो समूहले अहं भूमिका खेल्दछ । वडास्तरमा हुने गाँउ सभाको संचालन यीनै समूह गर्दछन् । यो समूह संचालनको आफनै कोष हुन्छ ।

सामुदायिक विकास समाज  (Community Development Societies- CDS)

सामुदायिक विकास समाज कुटुम्बश्रीको तीन तहको संरचना मध्येको सर्वोच्च संरचना हो । यसको संचालन स्थानीय सरकारको तहमा हुन्छ । सामान्यतया प्रत्येक स्थानीय सरकारमा एउटा ऋम्क् संचालनमा आउने भएता पनि छिमेकी समूह तथा क्षेत्र बिकास समाजको संख्या बढी भएको खण्डमा सोही अनुपातमा सिडिएसको गठन हुन्छ । यस संरचनाको सदस्यहरु क्षेत्र बिकास समाजका संचालक समिति सदस्यहरु हुन्छन भने संचालक समितिमा प्रत्येक क्षेत्र बिकास समितिबाट एक जना प्रतिनिधि रहन्छन् । अथार्त संचालक समितिको संख्या त्यस क्षेत्रमा रहेको क्षेत्र बिकास समाजको संख्या बराबर हुन्छ । एउटै स्थानीय क्षेत्रमा ३० भन्दा बढी क्षेत्र बिकास समाज रहेको अवस्थामा अर्को ऋम्क् को स्थापना हुन्छ । संचालक समितिले अध्यक्ष र उपाध्यक्षको छनौट गर्दछ भने सदस्य सचिवको नियुक्ती भने राज्य सरकारले गर्दछ । अन्य ५ जना महिला वडा सदस्यहरु र २ जना भूतपूर्व संचालक समिति सदस्यहरु पनि पदेन सदस्यको रुपमा संचालक समितिमा चुनिन्छन् । विभिन्न क्षेत्रको स्वयं सेवकहरुको पनि आवश्यक्ता अनुसार नियुक्ति गरिन्छ ।सिडिएसले तल्लो तहका संरचनाको गतिविधीहरुको अनुगमन गर्नुका साथै स्थानीय तहमा महिलाको सरकारको रुपमा काम गर्छ । यसले स्थानीय सरकारसँग मिलेर बिकास निमार्ण कार्यहरु संचालन गर्दछ । स्थानीय तहमा हुने योजना तजुर्मा र कार्यान्वयन गर्ने कार्यमा यो तहको भुमिकालाई संस्थागत रुपमा दिइएको छ जसका कारण सिडिएसको संलग्नता बिना कुनै पनि योजनाको तर्जुमा वा कार्यान्वयन हुन सक्दैन । सिडिएसमा सचेतना तथा क्षमता अभिबृद्धि मुख्य जिम्मेदारी हुनुका साथै महिला सशक्तिकरणमा यसको प्रमुख भूमिका हुन्छ । यस समुह संचालनको आफनै कोष हुन्छ ।

कुटुम्बश्रीले काम गर्ने क्षेत्रहरु

कुटुम्बश्रीले मुख्यतय आर्थिक सशक्तिकरण,सामाजिक सशक्तिकरण र महिला सशक्तिकरण गरि तीन क्षेत्रमा केन्द्रित रहि काम गर्दछ । ती क्षेत्रहरुलाई केन्द्रबिन्दु बनाई आवश्यक कार्यक्रमहरु तय गरि आफनो महिला सामुदायिक संजाल मार्फत तल्लो तह सम्म पु¥याउछ । आर्थिक सशक्तिकरण अन्तर्गत विशेष गरि महिलाहरुलाई घरेलु तथा साना उद्यम संचालनमा सहयोग पुग्ने कार्यक्रमहरु संचालन गरिन्छन । कुटुम्बश्रीले यस्ता साना उद्यमहरुलाई स्थानीय अर्थतन्त्रको मेरुदण्डको रुपमा लिएको छ र यसको बिकास र विस्तारमा विशेष ध्यान दिने गरेको छ । यस कार्यक्रम अन्तर्गत लघु वित्त सेवा, सामुहिक खेती, पशुपालन उद्यम, घरेलु उद्योग संचालन,बजार बिकास, मुल्य श्रृंखलामा आधारित रणनैतिक कार्यक्रमहरु रहेका छन् । यस अभियानमार्फत कुटुम्बश्रीको ब्राण्डमा आईटि सेन्टर, रेलवे पार्किंग, डे क्येर सेन्टुर, लन्ड्री सर्भिस, सुपर मार्केट देखि लिएर क्याफे र कयाटरिंग समेत संचालनमा छन् । यस अभियान अन्तर्गत करिब ६ हजार घरेलु उद्योगहरु संचालनमा छन । ६० हजार भन्दा बढी जमिनमा सामुहिक खेती संचालन गरिएको छ । सामाजिक शसक्तिकरण कार्यक्रम विशेष गरि समावेशितामा केन्द्रित रहेको हुन्छ । बिकासमा नजोडिएका गरिवीमा रहेका समाजका विभिन्न वर्गहरुलाई कुटुम्बश्रीको अभियानमा जोडाउनको लागि यस अन्तर्गत बेसाहारा पहिचान तथा पुनर्वास, मानसिक रुपमा अशक्तहरुको पूनर्वास र बालबालिका सम्बन्धि कार्यक्रमहरु सामाजिक शसक्तिकरण अन्तर्गत संचालन हुन्छन् । महिला शसक्तिकरण अन्तर्गतका कार्यक्रमहरु समुदायमा आधारित महिलाहरुको लागि केन्द्रित हुन्छ । यस अन्तर्गत संचालित कार्यक्रमहरु समुदायमा आधारित महिलाहरुलाई महिलाहरुको एजेन्सीको रुपमा रुपान्तरण गरि उनीहरुको क्षमतम बिकास गर्नु रहेको हुन्छ । यस अन्तर्गत स्व अध्ययन कार्यक्रम र महिला विरुद्धको हिंसा उन्मुलन सम्बन्धि कार्यक्रमहरु संचालित हुन्छन् ।कुटुम्बश्री अभियान स्वयं केरला सरकारको राज्य शहरी बिकास एजेंसी भएका कारण केन्द्र तथा राज्य सरकारको गरिवी उन्मुलन कार्यक्रमहरु संचालन गरिरहेको हुन्छ ।

कुटुम्बश्री उद्यमको अवधारणा

कुटुम्बश्री उद्यमको अवधारणा सबैभन्दा पृथक छ । समूहमा आबद्ध सदस्यहरुलाई उद्यमी बनाउनको लागि समुहको जमानीमा उद्यममा लगानीको लागि आवश्यकता अनुसार ५ हजार देखि १० लाख रुपैंया सम्म कर्जा उपलब्ध हुन्छ । उद्यम वा व्यवसायबाट प्रत्येक सदस्यले प्रति महिना कम्तिमा आँठ हजार भारु अनिवार्य कमाई हुने गरि व्यावसायिक योजना तयार पारिएको हुन्छ र यदि सो नभएको खण्डमा न्यूनतम आम्दानीको ग्यारेण्टी गर्दै स्थानीय सरकार र कुटुम्बश्री आफैल अपुग कमाईको श्रोत भर्ना गरिदिने गर्दछ । साना तथा घरेलु उद्योगमा अनिवार्य आफै कामदार आफै मालिक हुनुपर्दछ । विभिन्न वर्गहरुमा लक्षित व्यक्तिगत उद्यम, समूह उद्यम, सामुहिक खेती, पशुपालन जस्ता कार्यक्रमहरु छन् । उद्यमी विकासलाई सहयोग पु¥याउनका लागि विभिन्न सहयोगी कार्यक्रमहरु संचालन गरिएको हुन्छ । ठूला तथा साना उद्यमका लागि आवश्यक सामान्य प्रशिक्षण, उद्यमी विकास प्रशिक्षण, संस्थागत प्रशिक्षण, आवश्यक जनशतिmको लागि प्रशिक्षण साथै प्रदर्शन प्रशिक्षण जस्ता विभिन्न चरणका तालिमहरुको व्यवस्था गरिएको हुन्छ । उद्यम स्थापना, त्यसको बिकास र वित्तिय सुविधाको लागि बैंकको सम्बन्धन, विभिन्न किसिमका कोषको बिकास जस्ता सुविधाहरुले गर्दा उद्यम शुरु गर्न चाहने र गरिसकेकाहरुको सफलताको सुत्रधार नै बनेको छ । अन्तमा २० वर्ष अघि हाम्रो जस्तै सामाजिक तथा आर्थिक अवस्था भएको केरेला राज्य अहिले धेरै सुचांकहरुमा भारत कै उत्कृष्ट राज्यमा पर्दछ । २० वर्ष अघि केरेला सरकारले अवलम्बन गरेको नीति र त्यसको कार्यान्वयनका नतिजा आज त्यहाँ स्पष्ट देख्न सकिन्छ । हामी पनि संघीयतामा गई सकेको छौं । केन्द्रिय शासन पद्धतिले गर्दा बिकास हुन सकेन हामीले काम गर्न पाएनौ भन्ने छुट अब प्राप्त हुदैँन । संघियता कार्यान्वयनमा केही जटिलताहरु देखिएको भएता पनि यसलाई समाधान गर्दै तुरुन्त अगाडी बढ्नुको विकल्प छैन किनकी हाम्रा छिमेकीहरु धेरै अगाडी बढिसकेका छन् । यसको शुरुवात स्थानीय तहले नै गर्न सक्छन् । आज हरेक सुचकांकमा अग्रस्थानमा रहेको केरला प्रान्त केन्द्र सरकारको कार्यक्रमले बनेको होइन । स्थानीय आवश्यकतालाई मध्यनजर गर्दै स्थानीय साधनस्रोतको उच्चतम सदुपयोग गरि अहिलेको अवस्थामा आएको हो । तर्सथ हाम्रा स्थानीय तहले पनि आफनो आवश्यकता र क्षमता अनुसारको कार्यक्रमहरु तय गर्नु पर्दछ । यसले स्थानीय स्तरमा रोजगारी सृजना हुनुका साथै स्थानीय अर्थतन्त्रमा टेवा पुग्छ र यो बिकास नै दिगो बिकास हुन्छ । कुनै पनि कार्यक्रमको योजना बनाउदाँ त्यसको कार्यान्वयन, निरन्तर सुपरिवेक्षण, अनुगमन र त्यसलाई समय अनुसार परिष्कृत गर्दै लैजाने योजना पनि हुनु अनिवार्य हुन्छ । यसरी नै सबै स्थानीय तहले उद्यमशिलतामा जोड दिएर कार्यक्रमहरु संचालन गर्ने हो भने स्थानीय स्तरमा नै घरेलु उद्योगहरु स्थापना हुने , रोजगारी श्रृजना हुने, पूजीँको परिचालन हुने हुदाँ दिगो बिकासका आधारहरु तय हुन्छन् ।

स्थानीय स्तरमा उत्पादन तथा रोजगारमुखी कार्यक्रमहरुलाई बढि प्राथमिक्तामा दिने कार्यक्रमहरु नीतिगत रुपमा नै तय गर्ने र त्यसको उत्पादन पर्यन्त गर्नु पर्ने भण्डारण, बजारीकरण आदि कार्यका लागि आवश्यक पूर्वाधार र संरचना निमार्णमा सहयोग गर्ने हो यस्ता कार्यहरुले स्थानीय अर्थतन्त्रलाई दिगो बनाउँछ र पूजीँको बिकास हुदैँ जान्छ । जहाँ उद्यमशिलताको बिकास हुन्छ त्यहाँ वित्तिय तथा बीमा जस्ता कुराहरुको पहुँच पनि विस्तार हुदैँ जान्छ । ग्रामीण क्षेत्रका स्थानीय तहहरुका बासिन्दाहरुको मुख्य पेशा कृषि नै भएकोले उनीहरुको पहिलो प्राथमिकता कृषि नै हुनु पर्दछ । कृषिमा भएका तत्कालिन समस्या के हुन र तीनको समाधान गर्ने उपायहरु के के हुन सक्छन भन्ने कुरालाई बुझेर कृषि उद्यम सम्बन्धि योजना तय गर्न सकेमा यसले गाउँमा नै बसेर काम गर्ने अवस्थाको श्रृजना गर्नमा मद्दत गर्छ । नत्र ग्रामीण क्षेत्रबाट बसाई सरेर शहर तिर लाग्ने वर्तमान परिपाटीलाई रोक्न सकिन्न । नयाँ वर्षको आगमन सँगै स्थानीय तहहरु आफनो बजेट तयारीमा व्यस्त भएको बेला यस्ता उद्यमशीलता सम्बन्धि कार्यक्रमहरु बनाउने तर्फ समय र ध्यान जाओस भनि यो लेख तयार पारिएको हो । तपाईहरु मध्ये कसैलाई यो मोडल बारे विस्तृत जानकारी या हाम्रो भूगोल सुहाउदो यस्तै मोडलहरु डिजाइन या संचालन गर्नु परेमा हामीलाई सम्र्पक गर्न सक्नु हुन्छ ।