माटोको नमुना लिने तरिका

माटोको नमुना लिने तरिका

माटोको नमुना कसरी लिने

– सामान्यतया अन्य तथा तरकारी वा छोटो जरा भएका वालीहरुका लागि जमिनको सतहबाट १५–२० से.मि (६–८ इन्च) सम्म गहिराइबाट माटोको नमुना लिनुपर्दछ ।

– वहुवर्षिय वालीहरु फलफुल तथा गहिरो जरा जाने वालीहरु लगाएको जमिनको माटोको नमुना ९० से.मि (३ फुट) सम्म गहिराइबाट नमुना लिनु पर्दछ । यसरी नमुना लिंदा १५ से.मि को पहिलो नमुना १५–३० से.मि को दोस्रो नमुना, ३०–६० से.मि को तेस्रो र ६०–९० से.मि को चौथो नमुना छुटाछुटै लिनुपर्दछ ।

– सामान्यतया २–८ हेक्टर सम्मको क्षेत्रफलबाट २०–२५ स्थानबाट नमुना लिन सकिन्छ । नमुना लिदा सबै ठाउँको प्रतिनिधित्व हुने गरी छुटाछुटै ठाउँबाट माटोको नमुना संकलन गरी एउटा मिश्रित नमुना वनाउन सकिन्छ ।

– माटोको नमुना सङ्कलन गर्दा जमिनलाई अग्रेजी अक्षरको श् वा छ आकारको लाइन खिचि रेखाङ्कन गर्नुपर्दछ । उक्त रेखाको हरेक बीच र कर्नरको भागबाट नमुना सङ्कलन गर्नुपर्दछ ।

– नमुना सङ्कलन गर्दा जमिनमा निर्धारित गहिराई सम्म अग्रेजी ख् कजबउभ मा खन्ने र दुबै तर्फबाट करिब १ से.मी जति तास्ने र नमुना सङ्कलन गरि वाल्टिनमा लिने ।

– माटोको नमुना स्वाइल अगर (क्यष् िब्गनभच) को सहायताले लिन सकिन्छ । यो नभएमा कुटो वा कोदालीले पनि लिन सकिन्छ ।

मिश्रित नमुना लिने तरिकाः–

– एकै किसिमको सबै नमुनालाई एउटा सफा ओभानो कागज वा छहारिमा राख्ने झारपात, ढुङ्गा र धुलोलाई हटाइ सफा प्लाष्टिकमा खन्यायने र राम्ररी मिसाउने ।

– उक्त प्लाष्टिकमा माटोलाई वर्गकार वा आयतकार आकारमा फैलाउने र विचबाट क्रस हुने गरि काटेर बराबर चार भाग लगाउने ।

– ति चार भाग मध्ये विपरित दुई भागलाई हटाउने र बाकी दुई भागलाई पुन एकै ठाउँमा मिसाई फैलाउन र पहिलो जस्तै बराबर चार भाग लगाइ विपरित दुई भागलाई हटाउने ।

– यसरी आकार फैलाउने र विपरित दुई भाग हटाउने काम ५०० ग्राम नबन्दा सम्म क्रमिक रुपले दोहो¥याउने ।

– नमुना ५०० ग्राम भएपछि एउटा सफा प्लाष्टिक वा कपडाको थैलिमा राख्ने र त्यसका लेवल राख्ने ।

– नमुनाको लेवलमा कृषकको नाम, ठेगाना, खेतबारीको किसिम अघि लगाएको बाली, पछि लगाउन चाहेको बाली, मलखातकोप्रयोग सम्पर्क र नमुना लिएको मिति अनिवार्य राख्नु पर्दछ ।

नमुना लिंदा ध्यान दिनुपर्ने कुराहरु ः–

– नमुना लिंदा बाली काटि सकेपछि र वर्षा सुरु हुनु अघि लिनुपर्दछ ।

– नमुनामा अनिवार्य लेवल राख्नुपर्दछ ।

– नमुना लिने जमिनको माटो फरक भएमा छुटाछुट्टै नमुना लिनु पर्दछ । (जस्तैः कालो, सेतो, रातो माटोको नमुना)

– नमुना लिदा धेरै मलवान, मुहान र गोठको नमुना लिनुहुदैन र – नमुना लिदा सम्पूर्ण जमिनको प्रतिनिधित्व हुनेगरी लिनुपर्दछ ।

– सामान्यतया ३÷३ वर्षको अन्तरालमा माटोको जांच गराउनुपर्दछ ।