माटोको महिमा

माटोको महिमा

मानव जगत सूक्ष्म तर अति भयानक कोरोनासँग सामना गर्दैछ।

मानव जीवनको सार पञ्चतत्त्वको एक महत्त्वपूर्ण तत्त्व माटोमै निहीत छ।

माटोमै विलिन हुने मानव शरीरको शाश्वत सत्यका बीच पनि बेलाबेला आइरहने महामारीले अझ भयवित बनाउँछ।

यतिबेला कोरोनाका कारण माटोमै विलिन हुने सत्यसँग हाम्रो भय उत्कर्षमा पुगेको छ। कारण एउटै हो, मान्छे धित मरुन्जेल माटोसँग रमाउन चाहन्छ।

| Advertisement |

Promotional banner

कम्तिमा आफू बाँच्दासम्म माटोको महिमा गाउन चाहन्छ। म पनि एकछिन माटोकै महिमाभित्र तपाईंलाई आफूसंगै भुलाउन कोसिस गर्दैछु है।

माटो बन्ने प्रक्रिया गतिशील छ। जहाँ विभिन्न पौष्टिक पदार्थ, हावापानी, जीव तथा वनस्पति, भु-स्थिति र समय आदिको निरन्तर संयुक्त भूमिका छ।

जैविक पदार्थहरु माटोमा बिखण्डन भएर हुने प्राङ्गारिक माटो सएक प्रकारको अम्ल चुहिने प्रक्रियाबाट फलाम, आल्मुनीनियम अक्साइड, प्राङगा्रिक पदार्थ, सिलिकेड, क्ले आदि जम्मा हुने माटोस लेटेराइजेसन क्रियाबाट बढी वर्षा र तापक्रमका कारण हुने रातो र पहेँलो चिम्ट्याइलोमाटो स सुख्खा ठाउँमा क्षारियकरणबाट क्याल्सियम कार्बोनेट खास गरेर बि,सितहमा जम्मा भईबन्ने माटो सहाइड्रोमर्फीक तहको निर्माणहुने माटो जस्ता विविध प्रक्रियाबाट विभिन्न प्रकारको माटो तयार हुन्छ।

भौगोलिक क्षेत्र अनुसार माटोका फरकफरक भौतिक इकाइ हुन्छन्। प्रकृतिमा एक इन्च माटो बन्न करिव चार सय वर्ष लाग्ने गर्दछ।

जसबाट के बुझिन्छ भने माटोहामीले भोगचलनमा जति सजिलै ल्याउछौं। त्यो भन्दा कयौं गुणा बढी यो दुर्लभ र नवीकरणको लागि लामो समय लिने प्रकृतिको हुन्छ।

माटोलाई हामीले संरक्षण गरी स्वस्थ राख्न सके हामी पनि स्वस्थ हुन्छौं। आधुनिक चिकित्साको उपचार विधि सुरु हुनुभन्दा पहिले नै माटोबाट उपचार गरिने विधि सुन्न र पढ्न पाइन्छ।

ग्रीसबाट सुरु भएको माटो प्रयोगको उक्त चिकित्सा विधि युरोपका विभिन्न देश हुँदै विश्वभर नै प्रचलनमा आउँदैछ पूर्वीय दर्शनको आयुर्वेदमा पनि माटोको प्रयोग गरी प्राकृतिक उपचार विधि उल्लेख छ।

विभिन्न प्रकारको माटो हाम्रो शरिरमा लेपन गरी स्वस्थ र संक्रमणमुक्त छालाका साथहाडजोर्नी, बाथ, युरिकएसीड आदिबाट केहि हदसम्म छुट्कारा पाउन सकिन्छ।

त्यस्तै पेट पोल्ने, ग्यास्ट्रिक, खाना नपच्ने, अल्सरजस्ता पेटसम्बन्धी समस्याका लागिसमेत माटोको प्रयोग प्रभावकारी मानिन्छ।

छालाका लागि उपयुक्त माटोमा आवश्यकता बमोजिम दूध, दही, नौनी, बेसार, बेसन, पिना, चन्दन, घिउकुमारी, तुलसी, गुलाफजल, केशर, खरानी, अमला, निम आदि मिसाएर फेस मास्क, साबुनको रुपमा प्रयोग गरेको कुरा हाम्रा बाजेबराजु सुनाउनु हुन्छ।

मान्छे मात्र होइन, पशु चौपायामा समेत माटोको प्रयोगले रोगव्याधि र संक्रमण हटाउने गर्दछ यसर्थ स्वस्थ शरीरका लागि शुद्ध माटोको प्रयोग फाइदाजनक छ।

माटोलाई मान्छेले चिन्न सके र माटोसँग रमाउन जाने मानव जीवन र जगतको प्रगति टाढा छैन बिडम्बना हामी हाम्रो माटोको महिमा मुखले मात्र गाउँदै माटोको संरक्षण, सुधार र दीगोपनको लागि त्यति गम्भीर देखिन्नौ हिाम्रो पेट पाल्ने आधार नै माटो हो।

जब कुनै पनि बाली-विरुवाको बीउ माटोले पाउँछ त्यसबाट हामीलाई केहि न केहि फसल अवश्य मिल्दछ। कति र के भन्ने कुरा हामीले प्रयोग गरेको बीऊ र माटोको अवस्थामा भर पर्दछ अनेकौ सुक्ष्म र देखिने-नदेखिने जीवजन्तुको प्रक्रिया र मानव क्रियाकलापले माटोको अवस्थामा प्रभाव पार्दछ।

मानव सभ्यतामाबास संगसंगै गाँसको लागि निर्विकल्प आधारको रुपमा रहेको माटोकोसंरक्षण र स्वस्थ स्थिति अत्यन्त जरुरी छ।

हाम्रो माटोको स्थितिको कुरा गरौँ हिाम्रो कृषि उत्पादनको मूल आधार माटोमाएकातिर उर्बर शक्ति ह्रास हुँदैछ भने अर्कातिर भएको उब्जाउशील माटो क्षय हुँदैछ।

वर्षेनी हुने भूक्षय, बाढी, पहिरोले हाम्रो भौगोलिक बनोटको फाइदा लिंदै ठूलो मात्रामा मलिलो माटो बगाएर लैजान्छ।

तसर्थ माटो संरक्षणएवं जलवायुमैत्री विकास निर्माण कार्यहरु संचालन गर्ने, व्यवस्थित बसोबास र योजनाबद्ध शहरीकरण गर्ने, दीगो र व्यवस्थित नदीनाला नियन्त्रणका नीति एवं कार्यक्रम संचालन गर्नेजस्ता कार्यलाई व्यवहारमै लागू गर्दा माटोको संरक्षण थप मजबुत हुन्छ।

एकछिन माटोको स्थिति कृषि उत्पादनको सन्दर्भमा हेरौं। उब्जाउशील र उर्बर माटो बन्ने प्रक्रियाले पछिल्लो समयमा गति लिन सकेको देखिँदैन जीवाणुहरुले चिस्यानको माध्यमबाट प्रांगारिक पदार्थ कुहाएर माटो बनाउने कार्यमा कीटनाषक औषधि या बालीमा विषादीको प्रयोगले अवरोध पुर्‍याएको छ।

रासायनिक मलको बढ्दो निर्भरता र यसको असन्तुलित प्रयोगले माटोको स्वास्थ्य दिगो नहुने डर छ।

हाम्रा खेती प्रणाली र बाली-चक्र माटो मैत्री बन्न सकिरहेका छैनन् पिछिल्लो अध्ययनले हाम्रो माटोमा अम्लीयपना पचास प्रतिशत भन्दा रहेको देखाएको छ अिम्लीयपनाले माटोमा रहने सूक्ष्म जीवको क्रियाकलापमा अवरोध हुनुका साथै विरुवालाई खाद्यतत्वको उपलब्धतामा असर पार्दछ।

यसरी विभिन्न कारणले गर्दा हाम्रो कृषि उत्पादनको पवित्र आधार माटोको उर्बरताको बारेमा बेलैमा सोच्न जरुरी छ माटोको दीगो स्वास्थ्य र संरक्षणका लागि जलवायु मैत्री खेती प्रणाली,संरक्षण कृषि प्रणाली, रासायनिक र प्राङ्गारिक मलको समुचित प्रयोग,माटोका जैविक प्राणीको संरक्षण, उपयुक्त भू-उपयोग र वर्गीकरण नीति आदि अनिवार्य छन्।

माटोलाई माया गर्ने हामीले माटोको स्वास्थ्यलाई पनि ख्याल गर्नुपर्छ जसका लागि माटो परिक्षणको दायरा बढाई सोहि आधारमा कृषि कर्म गर्नुपर्छ।

माटो प्रतिको हाम्रो माया र त्यससँग जोडिने कर्तव्य चिकित्सा विधि र कृषि कर्ममा मात्र सीमित छैन। भौतिक प्रयोगका हिसाबले मात्र होइन भावनात्मक उपभोग र अपनत्त्वका हिसाबले हाम्रो माटो अझ बढी प्रिय।

कोरोनाको कहरले यतिबेला त्यो भावना अझ बढी सतहमा आएको छ। हामी जो जोदेशमा छौं, देश भित्र पनि आफू जन्मेको ठाउँ या माटोको निकट पुग्न चाहिरहेका छौं झन् परदेशी माटोमा बसिरहेका लाखौँ नेपालीलाई यतिबेला नेपाली माटोको याद आइरहेको छ।

नेपाली माटोको स्पर्श गर्न आतुर छन्। रोगलाई जित्न लडिरहेका नेपाली मरी हालेपनि नेपाली माटोमै मर्न चाहन्छ न रहरले होस् या बाध्यताले परदेशिएका तमाम नेपालीमध्य कसको चाहना छैन होला र यति बेला आफ्नै देशको माटोको वासना महशुस गर्ने।

आखिर बाँच्दा सम्म जहाँ भएपनि जस्तो भएपनि मान्छेले माटोसँग रमाउन रहर बोकेकै हुन्छ। मृत्यु निश्चित भएपनि अकालमा मृत्युको डर देखाउने यस्तो महामारी रोगको बेला कुन मान्छेले आफ्नो माटो सम्झिँदैन होला र मिान्छे यत्तिकै मर्न चाहँदैन किन उसलाई माटोसँग अझै रमाउनु छ र मरी हाले पनि आफ्नै माटोमा मर्न चाहन्छ किनकिउसको आत्मा त्यहि जोडिएको हुन्छ।

साथै आफ्नो देशको माटो माथिको अधिकार र यसको रक्षाको सन्दर्भ यति बेला जल्दो बल्दो छ। नेपालले गुमाएको माटोको स्वाभिमान र अस्तित्व आफ्नो मानचित्रमा फेरी फर्काउने प्रक्रिया थाल्न साहस गरेको छ।

यो साहस प्रत्यक देशभक्ति माटो प्रेमी नेपालीको समर्थन र चाहनाबाट जुटेको छ।

हामीलाई हाम्रै माटो भौतिक या भावनात्मक रुपले यति धेरै आत्मीय लाग्छ। तर रहरले मात्र नपुग्दो रहेछ अधिकार पाएर मात्र नचल्दो रहेछ।

महिमा नै महिमाको खानी माटोको अस्तित्व, उर्बरता र विविधता जोगाउन सबैले अहिलेबाट नै आफ्नो आफ्नो कर्तव्य बोध गर्ने कि!

साभार: setopati.com