मेसिनले धान रोप्न उदयपुर आएका कृषिमन्त्री छोएर फकिर्ए

मेसिनले धान रोप्न उदयपुर आएका कृषिमन्त्री छोएर फकिर्ए

विदुर कटुवाल

उदयपुर । धान रोप्ने मेसिन (राइस ट्रान्सप्लान्टर) ले धान रोपेर चक्लाबन्दी खेतीको उद्घाटन गर्न आएका कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसाल छोएर फर्केका छन् ।

सोमबार त्रियुगा नगरपालिका उदयपुरले वडा नम्वर १३ मा साहरा कृषि सहकारीमार्फत सुरु गरेको चक्लाबन्दी खेतीको उद्घाटन गर्न आएका मन्त्री मेसिन छोएर फर्केका छन् । मन्त्रीले मेसिन छेउमा गएर हेरे । तर, मेसिनका प्राविधिकहरुले मेसिन चलाए । तर, मेसिनले धान रोपेन । मन्त्री भुसालले प्रविधिकलाई सोधे, तर, प्राविधिकहरुले पनि कुनै जवाफ दिन सकेनन् ।

| Advertisement |

Promotional banner

त्रियुगा नगरपालिका मेयर बलदेव चौधरी पनि मन्त्रीसँगै मेसिन छेउमा पुगे । तर, मेसिनले धान रोप्न नसकेपछि त्यहीबाट फर्केका थिए । मन्त्रीले मेसिनबाट धान रोपेको हेर्न आएकाहरु पनि मेसिन हेरेर फर्केका थिए । ‘मन्त्रीज्युले मेसिनले धान रोपेको हेर्न आएको थिएँ,’ एक सहभागीले भने, ‘मेसिनले धानै रोपेन ।’

रिपोर्टिङका लागि पुगेका उदयपुरका पत्रकार होमबहादुर बस्नेतले आयोजकको फितलो तयारी भएको टिप्पणी गरे । ‘मन्त्रीज्युबाट मेसिनले धान रोपेर उद्घाटन हुने कार्यक्रमको आयोजक गम्भीर बन्नुपर्छ,’ उनले भने, ‘आयोजकको कमजोरीको कारण मन्त्रीज्यूले मेसिनले धान नरोपिकन फर्कुनुप¥यो ।’

यता चक्लाबन्दी खेतीका परामर्शदता विनोद कार्कीले पानीको सन्तुलन नमिल्दा मेसिनबाट मन्त्रीले धान रोप्न नपाएको बताए । ‘मन्त्रीज्यूले जुन गरामा धान रोप्ने भनिएको थियो,’ उनले भने, ‘त्यहाँ पानी कमी भएकाले मेसिन चलेन, अहिले अर्को गरामा त्यही मेसिनले धान रोपिरहेको छ ।’

साभार:nagarikkhabar.com