यसो गरे कसो होला

यसो गरे कसो होला

सुनिता न्हेम्हाफूकी

केही दिन अगाडी नेपाली सेनाले ब्यारेक भित्र नै कृषि फार्म संचालनमा ल्याएको समाचार आयो । अग्र्यानिक पनि खान पाउने, उत्पादन संग पनि नजिक हुन पाउने भन्दै कुराहरु उठिरहेको थियो जुन सुन्दा एकदमै राम्रो थियो । त्यही बेला अर्को किसानको सामान नबिकेको, बर्षको सबभन्दा सस्तो तरकारी, कृषि व्यवसाय सबै घाटामा, कृषिमा अनुदान नै अनुदान, कृषिको अनुदान गाडी र साडीमा, बजेट पुगेन भनेर समाचार आई नै रहेको थियो । हुनत कहिलै नाफामा नआउने क्षेत्र, आउदा पनि कर नआउने कृषि भनेर चिनिन्छ, यही बेला कृषिमा सेना लगायो भन्ने के होला भन्ने सोच आयो ।

| Advertisement |

Promotional banner


नेपालमा सुरक्षाकर्मीले चलाएका हस्पिटल, पेट्रोलपम्प, विद्यालय लगायत शिक्षण सस्थान देखि निमार्णसम्बधी ब्यवसाय लगायत बिभिन्न क्षेत्रहरु सफल भएको पाईन्छ । एक समय त नेपाल आर्मीले सपिङ्गमल नै चलाउने कुरा थियो । जब जब कुनै क्षेत्रमा प्रगती हुन्दैन त्यती बेला त्यो क्षेत्रमा सेनालाई जिम्मा लाउने कुरा गरेको पाईन्छ । आजको दिनमा कृषिमा सेनाको संग्लनता आवश्यक भन्ने ब्यक्तिगत तबरबाट सोच आएको छ । सेना तथा अन्य सुरुक्षा निकाय संग मानब संसाधान पनि निकै छ । जता जान्दा पनि कृषिमा घाटा लाग्यो, बजार मुल्य पाइन, श्रमिक पाएन भनेर सुन्या सुन्यै छौ त्यसमाथि व्यबस्थापकिय सिपको अभाबमा कृषि रुमलिएको रुमलिए छ । सुरक्षाकर्मीले यदि कृषिमा हात हाल्यो भने यी सबै कुराको शुरु हुन्छ की ? एर्कातर्फ अरबौको आयात घट्छ , उत्पादनशिल क्षेत्रमा काम गरेको पनि देखिन्छ साथै लगानीको अति आवश्यकताको भएको कृषिमा बैदैशिक लगानीको सत्ता सुरक्षा क्षेत्रको संचित पुर्जी पनि प्रयोग हुन्छ । अर्कोतर्फ बैक तथा बित्तिय संस्थाले कृषि क्षेत्रमा लगानी गर्न गरेका आलताल पनि सकिन्छ, सेनालाई बिश्वास गरेर श्रृणको प्रबाह पनि स्वत हुन्छ । सबभन्दा पहिले त सुरक्षा क्षेत्रले स्वस्थ र आफनै उत्पादन खान पाउन्छ साथै रासन पानीमा कमिशनको खेलको पनि अन्त हुन्छ । त्यस्तै गरी त्यहाँ उत्पादनलाई कच्चा पदार्थको रुपमा उद्योगमा प्रयोग गर्न सक्यो नेपालमा औद्यौगिक वाताबरण पनि तयार हुन्थ्यो । सेनाको देशभरि रहेको व्यारेक र बिभिन्न श्रीमती समाज, भुपु सैनिक समाज वा त्यसका सदस्यहरु पनि बिभिन्न बिक्रि बितरण काममा लाग्यो भने अरु महिलाहरुलाई पनि काम तर्फ आर्कषित हुन्छ । कल्पना गरौ त दुई बर्ष यदि राम्रोसित काम भयो भने कृषिको संस्थागत बिकाश भयो भने यो क्षेत्रमा कति धैरै आकषर्ण हुन्छ । अनुसन्धान, बजार , प्रबिधि जस्ता कुरामा संरचना बिकाश भयो भने के मा कृषि अड्कियला त । यो बिचमा कृषिमा लाग्न चाहनेको लाईन ठूलो नै छ र सबै बिकाश भएपछि झन बढ्ने स्थिती आउन्छ । सरकारको बिभिन्न लोभलाग्दो कार्यक्रम होस् वा निजि क्षेत्रको लगानी सबै त्यसपछि ब्यबस्थित हुन्छ होला । नभए हालको कनिका छराई बजेट, किसानको मेहनत, बिज्ञको बजेट बिनाको अनुसन्धानले त कृषि भकुण्डो नै हुने भयो , जो पनि आउने हानेर जाने स्थितीमा सुधार आउन अर्को पुस्ता परखिनु पर्ने छ ।

कृषि भनेपछि उत्पादन मात्र होइन यो उपभोक्ताको टेबलसम्म पु¥याउनु काम हो भनेर प्रमाणित गराउनको लागि यस्तै केही न केही पहल नभई काम हुने छातकाट देखिएन । अरु व्यबसाय जस्तै सोच्ने र नाफाको लागि किन काम गर्ने दिन ल्याउनु प¥यो । सैनिक तथा सशस्त्र प्रहरीलाई कृषि फार्म चलाउन दिन्दा सबै चिजमा नाफा गरेको सैनिक यसमा पनि नाफा गरला भन्नेर आशा गरौ वा कमिशन चक्करमा कृषि नै झन् बद्नाम होला कृषि नहुने क्षेत्र नै भनेर पुरा जिम्मा सरकारले लिईयोस् ।