यस माहामारीले गर्दा हाम्रो क्षेत्रको कृषिमा भने खासै असर परेको छैन्-बुद्धशान्ती गाउँपालिका

यस माहामारीले गर्दा हाम्रो क्षेत्रको कृषिमा भने खासै असर परेको छैन्-बुद्धशान्ती गाउँपालिका

हाम्रो गाउँपालिकामा कोरोनाको अवस्था अहिलेसम्म सामान्य रहेको छ । यस गाउँपालिका भरीमा नै विदेशबाट आएकाहरुको संख्या ९५ थियो । गाउँपालिकाले उहाँहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा १४ दिनको साटो २० दिनसम्म क्वारेन्टाईनमा राखेर अहिले सामान्य भईसकेको अवस्था छ । यस माहामारीले गर्दा हाम्रो क्षेत्रको कृषिमा भने खासै असर परेको छैन् । किनभने हामी बस्ने एरिया भनेको बोर्डर छेउमा पर्दछ जहाँ सबै पारीबाट नै आउने गरेको थियो तर अहिले बन्दाबन्दीको अवस्थामा बोर्डर बन्द भएपछि हाम्रो छिमेकी नगरपालिकाहरु विर्तामोड, अर्जुनधारा लगायतका नगरपालिकाहरुले स्थानीय क्षेत्रमा उत्पादन भएका तरकारीहरु ,कुखुरा,अण्डा सबै ट्याम्पोमा राखेर लैजाने गर्दछन् ।

| Advertisement |

Promotional banner

रमेश कुमार भूजेल
अध्यक्ष, बुद्धशान्ती गाउँपालिका

गाउँपालिकाले स्थानीय उत्पादनको ढुवानी गर्ने अनुमति दिएर सबै उत्पादन छिमेकी नगरपालिकाहरुमा खपत भईररहेको छ । अर्को कुरा हाम्रो गाउँपालिकाको नगदेबाली भनेको सुपारी हो । त्यो पनि टिपिदै छ ,मापदण्डमा रहेर २/३ जनालाई काम गराईराखेका छौँ । गहूँ काटिसक्यौँ, धान पनि रोपिसक्यौँ समस्या भनेको मलको मात्र हो । प्रायजसो हामी लोकल मल नै प्रयोग गर्ने भएकोले आफै बनाउँछौ त्यसकारण गाह्रो छैन् । यस माहामारीले गर्दा हाललाई त केहि समसया छैन् । बिउविजन चाहिने भनेको जेष्ठ अन्तिम र असार १५ पछि मात्र हो जुन कृषि सामाग्री संस्थामा कुरा गरेर बिराटनगरबाट ल्याउने कुरा चल्दै छ तर पछिको लागि त्यस्तो केहि सोच बनाएका थिएनौँ तर तपाँईले पछिको लागि पनि बेलैमा सम्झाउनु भयो अब भने पछिको लागि पनि अहिले नै योजना बनाएर अगाडि बढाउने छौँ । हामीले राहत वितरण गर्ने , औषधी बाढ्ने, एम्बुलेन्स तयार राख्ने आदि कार्यहरु गरिरहेका छौँ । बाहिरबाट आएको रकम १५ लाख र हामी जनप्रतिनिधिहरुको १ महिनाको तलब कम्तिमा ४ लाख जति राहत कोषमा जम्मा गरेका छौँ । नजिकै रहेको प्रहरी कार्यालयलाई पनि राहत कोषबाट सहयोग योजना बनाएका छौँ किनभने स्वस्थ्य र सुरक्षलाई संग संगै लगेर जानुपर्दछ । मेरो अन्तिम सुझाव भनेको यस्तो माहामारीको बेलामा सबै कुरा स्थानीय तहको मात्र जिम्मा लगाएर केन्द्रिय सरकार र प्रदेश सरकार निदाएर बस्नु भएन् ।        प्रस्तुती–लक्ष्मी थापा