राम्रो सम्भावना बोकेका कृषिमा आधारित केही उद्यमहरु

राम्रो सम्भावना बोकेका कृषिमा आधारित केही उद्यमहरु

व्यवसायिक कृषिमा आजकल धेरैको चासो रहेको पाईन्छ । प्राय सबै उत्पादनमा मात्र लाग्ने र उत्पादन पर्यन्तको काममा खासै चासो नराख्ने हुँदा समग्र हाम्रो कृषि प्रणाली राम्ररी संचालन हुन सकिरहेको छैन् । कृषि प्रशोधन नगरि वा विविधिकरण नगरि सिधै बेच्ने व्यवसायमा धेरै किसिमका जोखिमहरु रहेको हुन्छ । कृषि व्यवसायमा लाग्ने सोच बनाईरहनु भएको छ भने कृषि उपजलाई नौलो तथा नविन ढंगले बजार र उपभोक्तासम्म पुर्याएर मूल्य अभिवृद्धि गरी लाभ लिन सकिने प्रशस्त सम्भाबनाका क्षेत्रहरु रहेका छन् । स्थानीय कृषि उपजहरुलाई विविधिकरण गरी लोकल ब्राण्डमा बिक्री गर्ने चलन अहिले विश्वभर नविन व्यवसायको रुपमा फस्टाउदैँ गईरहेको देखिन्छ । स्थानीय स्तरमा नै उपलब्ध हुने कृषिमा आधारित निम्न उद्योगहरुलाई कम लगानीमा पनि संचालन गर्न सकिन्छ । यसो गर्न सकेमा स्थानीय कृषि उपजले बजार पनि पाउने र आयातित तयारी सामाग्रीको आयात प्रतिस्थापन पनि मद्दत मिल्छ ।

बेकरी

जन्मदिन, वैवाहिक वर्षगाँठ जस्ता धेरै उत्सवहरु मनाउने चलनले अहिले हाम्रो समाजमा व्यापक्ता पाएकोले यो क्षेत्रको रुपमा लिन सकिन्छ । यो ब्यवसाय आफूलाई पायक पर्ने ठाउँमा सानो देखि धेरै ठूलो रुपमा संचालन गर्न सकिन्छ । आफनो ठाउँ र ग्राहकको रुचीलाई मध्यनजर गरेर सही ढङले आफनो उपज उपभोक्ता समक्ष ल्याउन भने निकै जरुरत हुनछ । बेकरी व्यवसाय विश्वमा खाद्य प्रशोधन उद्योगको सबै भन्दा ठूलो उद्योगको रुपको लिईन्छ जसले गर्दा तपाईले यस व्यवसायमा लगानी गर्दा खासै धेरै जोखिम नहुने देखिन्छ । यसबाट पाईने उच्च प्रतिफलका कारण पछिल्लो समयमा निकै बेकरी ब्राण्डमा नेपालमा पनि संचालन भईरहेका छन् ।

केराका सुकुटी र बिस्कुट

पाक्न लागेका केरालाई साना साना चाना बनाई चास्नीमा डुबाएर घाम वा ओभानोमा सुकाएर सुकुटी वा बिस्कुट जस्तै वस्तु उत्पादन गर्न सकिन्छ । यस्ता उत्पादनलाई आफनो नजिकैको बजारमा बिक्री गर्न सकिन्छ । बच्चा देखि बुढाहरु पनि खाजाका लागि पत्रु खानामा नै भर पर्नु परिरहेका अवस्थामा यस्ता स्थानीय उपजहरु बजारमा पुर्याइ उपभोक्तालाई राम्ररी जानकारी गराउन सकेमा विभिन्न किसिमका आयातित चिप्सहरुको विकल्प बन्न सक्छ । सानो रुपमा सुरु गरी बजारको माग र अवस्था बुझेर सफल भएको खण्डमा यो व्यवसायलाई सजिलै ठूलो रुप दिन सकिने देखिन्छ । केरा उत्पादन गर्ने व्यवसायीको लागि यो प्रविधि नयाँ ब्यवसायको रुपमा विकास हुने पनि देखिन्छ । केरा चाडैँ नै कुहिने र भुसुनाहरु चाँडै लाग्ने भएकोले उत्पादन भएका केरालाई चिप्स, बिस्कुट वा सुकुटी बनाएर बेच्दा बजारका लागि नौलो वस्तु हुने र व्यवसायीका लागि केराको फल बेच्नु भन्दा धेरै गुणा फाईदा आउने भएकोले यो व्यवसाय पनि लगानी गर्न चाहानेहरुको लागि लाभदायी अवसर हुन सक्छ ।
बाँसका डोका तथा अन्य उपजहरु विश्वभर प्लास्टिकले वातावरणमा नकारात्मक असर परेका कुरा आईरहँदा बाँसका डाला, डोका, पन्यु, चम्चा वा अन्य प्रयोजनका वस्तुहरु धेरैको रोजाईमा पर्दै गईरहेको छन् । सारै ठूलो लगानी पनि नलाग्ने र ग्रामीण कलाको पनि प्रवद्र्धन हुने यो खाना बनाउन प्रयोग हुने गर्दछ । खाना पकाउन मात्र नभई नरिवलको तेलको अन्य थुप्रै रुपमा उपभोग गर्न सकिन्छ । साबुन बनाउँन देखि कपालमा लगाउने तेल, डिटरजेन्ट र सौन्दर्य सामाग्री बनाउँन सम्म नरिवलको तेल प्रयोग हुनेछ । अन्य तेल उत्पादनमा जस्तो नरिवलको तेलमा प्रतिष्पर्धा पनि छैन । लोकल ब्राण्डमा नरिवलको तेल उत्पादन गरि बिक्री वितरणको संजाल बनाउन सकेमा यो व्यवसाय पनि अत्यन्त सम्भावना बोकेको उद्यम हुन सक्छ ।

चिप्स उत्पादन अहिले युवाहरुको माझ तत्काल चाख्न मिल्ने विभिन्न परिकार खासगरी चिप्स प्रख्यात हुदै गईरहेको छ । खासै महंगो पनि नहुने, सस्तो मिठो र भोक लागेका बेला छिटै भोक मेटिने स्रोतको रुपमा चिप्स परिचित भईरहेको छ । हाल बजारमा उपलब्ध चिप्सहरुमा विभिन्न अखाद्य सामाग्रीहरुको प्रयोग भएको पनि सुनिन्छ । तसर्थ नेपालमा नै उत्पादन भएका आर्गानिक आलु र प्राकृतिक रुपमा नै उपलब्ध मसलमजन्य सामाग्रीहरुको प्रयोग गरि आलु चिप्स उत्पादन गर्न सके राम्रो बजारको सम्भावना रहेको छ । राम्रो बजार भएको र राम्रो मुनाफाको सम्भावना भएको, थोरै पुँजीबाट पनि सुरु गर्न सकिने व्यवसायको खोजीमा रहेकाहरुलाई यो व्यवसायलाई ठूलो अवसर हुन सक्छ ।
फलफूल र तरकारीका लागि कोल्ड चेन विश्वभर नै तरकारी बाली वा फलफूल भित्रयाई सके पछि उचित भण्डारणमा विशेष ध्यान पुर्याउन अहिले कोल्ड स्टोरेज तथा कोल्ड चेनका व्यापार प्रख्यात हुँदै गईरहेकोछ । उचित भण्डारणमा धेरै काम भईसकेपनि आपूर्तिको समयमा भने अनुकुल वातावरण नभएको ढुवानी वा प्याकेजिङ नहुदा बजारसम्म सामान पुग्दा त्यस वस्तुको आयु तथा सौन्दर्य गुम्ने देखिन्छ । खासै काम नभएको र निकै जरुरत यो क्षेत्रमा लगानी गर्दा फाइदाजनक हुने देखिन्छ । कुनै एकै बाली अथवा एकै फलफूलमा मात्र नभई समुद्री खाद्य वस्तु, मासु जन्य वस्तु, केमिकल, औषधीजन्य वस्तुको ओसार प्रसारमा पनि प्रयोग गर्न सकिने कोल्ड चेनलाई व्यवस्थित ढङगले अगाडी बढाउन यो क्षेत्रबाट निकै राम्रो फाइदा लिन सकिने देखिन्छ ।

दाल मिल

दाल खानामा मात्र प्रयोग नभई दालमोठ, पकौड तथा अन्य खाद्य वस्तुको रुपमा प्रयोग हुने बाली हो । दाल र भात त छदैँ छ , चामललाई छाडेर यो मसालेदार दालमोठ बनाउन पनि उत्तिकै प्रयोग हुने गर्दछ । हाम्रो देशमा ढिकी वा जाँतोमा पिसेको दाललाई एकदमै रुचाइँन्छ । देशमा उच्च हिमाली भेगमा उत्पादित आर्गानिक दालहरु राम्ररी तयार गरि, प्याकेजिंग र ब्राण्डीङ गरि बिक्री वितरण गर्ने व्यवसाय नेपालमा मात्र नभई विदेशमा पनि निर्यात गर्न सकिने सम्भावना रहेको हुँदा यो व्यवसाय निकै सफल हुने देखिन्छ ।

फलफूलका चाना उत्पादन
उपभोक्ताहरुको आहार विहारमा अहिले निकै परिवर्तन आएको छ । बिरामी हुँदा मात्र खाईने फलफूल अहिले स्वास्थ्य जिवनयापनका लागि दैनिक उपभोग र्गे चलन बढेको छ । सिजनमा मात्र उपलब्ध नहुने हुँदा यिनका पारखीहरुलाई मध्यनजर गरि सुकेको चाना बनाएर वर्ष भरि नै बिक्री वितरण गर्न सकिन्छ । सिजनमा सस्तो मूल्यमा उपलब्ध हुने यस्ता फलफूलको संकलन गरि थोरै लगानीमा नै चाना उत्पादन गर्ने उद्योग स्थानमा गर्न सकिन्छ । ग्रामिण क्षेत्रमा नै यो उद्योग संचालन गर्न सकिने भए पनि बजार भने शहरमा नै विकास गर्नु पर्ने हुन्छ ।

अदुवा लसुनको पेस्ट उत्पादन
अदुवा लसुनको पेस्ट मुख्दत थुप्रै खानामा मसलाको रुपमा प्रयोग हुने भएता पनि यसलाई औषधीजन्य सामाग्री पनि उत्तिकै प्रयोग गर्न सकिन्छ । रेडिमेट मसला तथा अन्य वस्तुको माग बजारका बढ्दै गई रहेको बेला न अदुवा तास्र्नुपर्ने न लसुन केलाउन पर्ने यस्ता पेस्टले पनि उचित बजार पाउने देखिन्छ । यस्ता पेस्ट बजारमा ल्याउने हो भने उपभोक्ताको समय र पैसा दुवै बचत हुने भएकाले यो एउटा राम्रो व्यापारीक अवसर हुन सक्छ देखिन्छ ।

बदाम प्रशोधन
बदाम प्रोटिन र तेलको निकै राम्रो स्रोतको रुपमा चिनिन्छ । बदामलाई भुटेर पनि खान मिल्छ तर त्यसबाट निकाल्न मिल्ने तेल तथा बटरको भाउ भने कच्चा बदाम भन्दा निकै धेरै हुन्छ । मिठाई उद्योगमा यसको साथै यसका तेल खाना बनाउन र कपालमा लगाउन पनि प्रयोग हुन्छ । अरु तेल निकै शक्तिबद्र्धक मानिनछ साथै बदामको तेल निकै शक्तिबद्र्धक मानिन्छ साथै बदामको प्रयोग चक्लेट तथा अन्य शक्तिबद्र्धक पेय पदार्थमा पनि उत्तिकै हुन्छ ।