रैथाने बाली प्रवर्धन अब राष्ट्रिय अभियान

रैथाने बाली प्रवर्धन अब राष्ट्रिय अभियान

रैथाने बाली सदियौ देखि किसानहरुले संरक्षण, प्रवर्धन गर्दै आएको बाली हो जसले बिशेष गरि मध्य पहाड र उच्च पहाडी जिल्लाहरुमा खाद्य तथा पोषण सुरक्षामा अत्यन्त महत्वपुर्ण भुमिका खेलेको हुन्छ ।

कृषि विकासको क्रम सुरु हुदै जाँदा हाम्रा अनुसन्धानका एवं प्रसारका प्रयासहरु क्रमशः उन्नत, आयातित, हाइब्रिड जातहरुमा मात्र केन्द्रित हुदैँ गयो । खाद्य सुरक्षा र पोषणको हिसाबले अत्यन्त महत्वपुर्ण आफ्ना मौलिक बालीहरु, परम्परागतरुपमा खेती गरिएका बालीहरुमा राज्यको ध्यान अपेक्षाकृत रुपमा जान सकेन । यस्तो अवस्थामा मुख्यत ती बालीहरु लोप हुने अवस्थामा पुगे,अर्को कुरो तिनीहरुको उत्पादन पनि घट्दै गयो र मान्छेले आयातित कुरामा भरपर्नु पर्ने भयो ।

| Advertisement |

Promotional banner

प्रकाश आचार्य
वरिष्ठ बाली विकास अधिकृत
बाली विकास तथा जैविक विविधता संरक्षण केन्द्र
ललितपु्र

अर्कोतर्फ रैथाने या स्थानीय बाली गर्ने किसानहरु साना साना जग्गाहरुमा खेती गर्ने गर्दछन् । यसो हुँदा के देखियो भने राज्यको ध्यान ठूला ठूला किसानहरु तर्फ मात्रै गएको हो अथवा बाहिरी बस्तुहरुमा मात्रै ध्यान गएको हो ? तर जुन हाम्रा साना किसानहरु छन्, जुन अलिक गरिब किसान छन् अथवा कम श्रोत सम्पन्न किसानहरु छन, उनीहरुमा सधै उपेक्षित भएको अवस्था देखियो । यो त राज्यले राज्यको आँखाले हेर्दा खेरी जुन समाजको हामीले परिकल्पना गरिरहेका छौ त्यो त मेल खाएन त्यसकारण अब यो अवस्थालाई सुधार गर्नु पर्ने देखिन्छ । अब यी बाली र किसान दुबैलाईलाई पनि प्रवर्धन गर्नुपर्छ । दुर्गमका किसानहरुलाई पनि संरक्षण गर्नपर्छ, उनीहरुको उपजहरुलाई पनि बजारमा ल्याउनुपर्छ किनभने यी बालीहरु अन्ततगोत्व खाद्य सुरक्षाका लागि महत्वपूर्ण छन् ।

यसो भएको हुनाले राज्यले अब यी पाटोमा ध्यान दिनुपर्यो भन्ने हिसाबले २०७४ सालमा हाम्रो कृषि तथा पशुपंक्षी विकास मन्त्रि चक्रपाणी खनाल ज्यूले ५८ बुंदे कृषि मार्गचित्र प्रस्तुत गर्नु भयो । मार्गचित्रको एउटा बुँदामा परम्परागत रुपमा किसानहरुले लगाईरहनु भएको रैथाने बाली संरक्षण गरिने छ भन्ने एउटा बुँदा पनि थियो । त्यस पछि मन्त्रालय बाटै निर्देशन आइसके पछि हामीलाई कार्यान्वयन गर्नु अझ बढी हौसला मिल्यौे । त्यसपछि हामीले तत्कालिन टिम जसमा बाली विकास निर्देशनालयको प्रतिनिधि, बायोभर्सिटीबाट देवेन्द्र गौचन, बालकृष्ण जोशी र कृषि बिभागबाट डा. रामकृष्ण श्रेष्ठ बसेर कार्य समुह बनाई रैथाने बाली प्रवर्धनका लागि मार्ग चित्र बनायौ ।

अरु बाली भन्दा रैथाने बाली फरक भएकोले कुनै एउटा पक्षलाई मात्र हेरेर हुन्न त्यसकारण सबै मुल्यश्रृंखलाको सबै पक्षमा हेर्नुपर्छ  भनेर अगाडी बढ्यौ । सचेतना वृद्धि, बाली विस्तारलाई आवश्यक यान्त्रीकरण तथा प्रविधि, उत्पादन विविधिकरण, प्रविधि विस्तार, बजारीकरण र अभिलेखिकरण जस्ता विषयमा केन्द्रित भएर काम गर्यौ । फलस्वरुप किसानहरुलाई पनि फाइदा पुग्ने, उपभोक्ताले पनि स्वस्थ र पौष्टिक खाद्य सामाग्री पाउने, ती स्थानीय बालीहरु बजारमा पनि आउने वातावरणको लागि “रैथाने बाली प्रवर्धन तथा संरक्षण कार्यक्रम“ नाम दिएर कार्यविधी बनायौ ।

सुरुवातमा हामीलार्ई मन्त्रालयबाट ५० लाख बजेट प्राप्त भयो । त्यसपछि समग्र रुपमा एउटा प्याकेज बनाएर लम्जुब, बाजुरा र हुम्ला जिल्ला छनौट गरेर मन्त्रालयले छुट्याएको ५० लाखबाटै कामको सुरुवात गर्यौं । कृषि विभागमा कामको प्रगती प्रस्तुत गर्यौ, विभागले पनि स्वामित्व लियो र मन्त्रालयले पनि धेरै नै सकारात्मक रुपमा लिएको हामीेले पायौ । त्यसपछि विभागमा प्राप्त भएको थप रकम मध्ये प्राबगारीक मिसन कार्यक्रम गर्ने र त्यसभित्र एउटा पाटो रैथाने बाली प्रवर्धन कार्यक्रम राख्ने भनेर कृषि विभागबाट निर्णय भयो । प्रदेश ३ र प्रदेश ४ मा कृषि ज्ञान केन्द्र र केही कार्यक्रम हाम्रो बाली विकास तथा कृषि जैविक केन्द्रबाट संचालन हुने गरि कार्यक्रम सुरुवात भयो । काम गर्दै जादाँ उत्पादन बजार, उत्पादन विविधीकरणमा के गर्ने होला, किसानको अभिवृद्धि कसरी गर्नेहोला भन्ने सन्दर्भमा पनि सोच्न थाल्यौ र सोही अनुरुप हामीले एउटा संजाल निर्माण गर्यौ ।

यस अनुरुप २०७४ सालपछि ५८ बुदाबाट हामी यहाँ सम्म आएका छौ र त्यसैपछी मात्र यस रैथाने बाली प्रवर्धन र संरक्षणको क्षेत्र बारे सबैमा अनुभूत हुन पुग्यो । हाल नेपाल सरकारले ७ वटा बालीलाई (कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टे ) प्रमुख  रैथाने बाली घोषणा गरी विभिन्न कृषि ज्ञान केन्द मार्फत बीउ संरक्षण र यसको प्रवर्धनमा विशेष ध्यान दिएको छ । अहिले सबै प्रदेश सरकारले यसलाई स्वामित्व लिएको अवस्था छ र हामीले संघबाट रैथाने बाली सम्बन्धी कार्यक्रमकालागी सातै प्रदेशमा पठाएका छौ । अहिले समग्रमा हेर्दा यो कदम प्रभावकारी हुदैँ आएकोे छ ।