लकडाउनले गर्दा बिऊ आईनपुगेकोले किसानलाई वितरण गर्न पाएनौ-आठराई त्रिवेणी गाउँपालिका

लकडाउनले गर्दा बिऊ आईनपुगेकोले किसानलाई वितरण गर्न पाएनौ-आठराई त्रिवेणी गाउँपालिका

कमल प्रसाद दाहाल
प्रमुख प्रशासकिय अधिकृत
आठराई त्रिवेणी गाँउपालिका, ताप्लेजुङ्ग

ताप्लेजुङ्ग जिल्लाको आठराई त्रिवेणी गाँउपालिकामा कोरोनाको  संक्रमणको अवस्था अहिलेसम्मको लागि सामान्य रहेको छ । सरकारले घोषणा गरेको लक डाउनलाई पालना गर्दै स्थानिय तहका बासिन्दाहरुलाई सचेत गराएका छौँ भने स्वास्थ्यकर्मीहरुलाई तयारी अबस्थामा राखेका छौ साथै विदेशबाट आएका ८ ̷ १० जनालाई होम क्वारेन्टाईनमा राखेका छौँ । कृषिको कुरा गर्नुपर्दा स्थानिय क्षेत्रमा उत्पादित तरकारीहरु किसानले डोका, नाम्ला बाधेर स्थानिय तहमा नै बिक्रि बितरण गरिरहेका छन् तसर्थ खासै समस्या छैन् । हामीले स्थानिय तहका तरकारी गाँउपालिकाले नै किनिदिन त सक्दैनौँ तर हामी कहाँ ४ ̷ ५ सय जति किसानको सुची आएको छ जुन केहि आर्थिक विपन्न, लकडाउनले गर्दा संकटमा परेका व्यक्तिहरुलाई जस्तै गरी सरकारले तोकेको मापदण्ड अनुसार केहि अल्पकालिन राहत दिने काम हाम्रो गाउँपालिकाले योजना बनाइरहेको छ । अन्य बर्ष जस्तै यो बर्ष पनि हामीले विउबिजन ढुवानी गर्ने भनि अर्डर गरेका थियौ तर लकडाउनले गर्दा बिऊ आईपुग्न सकेन तसर्थ वितरण गर्न पाएनौँ । यसले खेतिमा कुनै असर त नपर्ला बरु विगतका बर्षमा जस्तै उत्पादन राम्रो नहोला । त्यसो त किसान सरकारले देला र खाउला भनेर कुरेर बस्दैनन् । उनीहरुले बिउ राख्दै नराखेको भनेको हुदैँन, आफ्नो लागि जोहो गरेकै हुन्छ केबल फरक हामीले दिने बीऊको उत्पादकत्व बढी हुन्थ्यो होला भने घरमा भएको अलिकति कम हुन सक्छ । जहाँसम्म कृषिका लागि छुट्याएको बजेट कुरा छ यसपालि प्रयोगमा नल्याए अर्को बर्ष ल्याउन सकिन्छ । अन्तमा सबैलाई सरकारको सुचना र गाऊँपालिकाको अनुरोधलाई पालन गर्दे सुरक्षित रहनुहुन अनुरोध गर्दछु ।

आठराई त्रिवेणी गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्री कमल प्रसाद दाहालसँग गरिएको कुराकानीको आधारमा लक्ष्मी थापाको प्रस्तुती