व्यावसायिक कफी खेती

व्यावसायिक कफी खेती

ेपालमा अग्र्यानिक प्रविधिबाट मात्र कफी खेती गरिन्छ र गरिनु पर्छ । किनकी रासायनिक प्रविधिबाट उत्पादन गरेको कफीको तुलनामा अर्गानिक कफी बढी मुल्यमा विक्री हुन्छ र यसले मानव स्वास्थ्य, प्राकृतिक श्रोत, साधन, पर्यावरण र दिगो कृषिलाई बचाई राख्न धेरै मद्दत पुयाउछ । कफी खेती गर्नको लागि ख्याल गर्न‘पर्ने सबैभन्दा महत्वपुर्ण कुरा भनेको असल जातको बीउ, उपयुक्त उत्पादन स्थल र राम्रो बगैचाव्यवस्थापन हो । इच्छुक कफी कृषकहरूले कफी खेतीको बारेमा राम्रोसंग अध्ययन गरी सोही अनुसार आफ्नो जग्गा अर्गानिक कफी उत्पादन गर्नको लागि उपयुक्त छ । भन्ने कुरामा ढुक्क हुन पर्छ ।

नर्सरी स्थापना

सफल कफी खेतीको लागि विश्वासिलो श्रोतबाट ल्याएको विऊलाई ठिक तरिकाबाट नर्सरी गर्नुपर्छ । आफुले ल्याएको जात तथा त्यसको माउ बोटको बारेमा थाहा हुनु पर्छ ।

 अराविका जातको कफीको लागि कम्तीमा पनि ८०० मि.समुद्रि उचाई माथिको जमिन हुनु पर्छ । नर्सरी घरबाट नजिक, पानी, मल, छहारीको र ढुवानीको राम्रो सुविधा भएको ठाउँमा गर्नु पर्छ ।  नर्सरी स्थापना अनुभवी र प्राविधिक ज्ञान भएकाले मात्रै गर्नु पर्छ ।  कफीको विउ ब्याडमा रोपेको डेढ ÷दुई महिनामा उम्रन्छ । उक्त बेर्नालाई १२ देखि १५ महिना पछि छहारी भएको ठाउँमा २÷२ मिटरको फरकमा विरुवा सार्न‘ पर्छ । कफी बगँैचा स्थापना कफी बगैँचा स्थापना गर्दा निम्न कुराहरूमा ध्यान दिनुपर्दछ । जमिनको छनौटः जुनसुकै मोहडा भएको जमीनमा कफी उत्पादन हुने भएता पनि पुर्व उत्तर फर्केको मलिलो दोमट माटो ,खाडल खन्नको लागी प्रयोग गरिने खन्ती गाड्दा मोटा मोटी ३÷४ फिट सम्म चट्टान नभेटिने हल्का सिंचाइको व्यवस्था भएको तर पानी नजम्ने केही भिरालो परेको र वारम्वार शीत, तुषारो, हिउँ नपर्ने, असिना नपर्ने जमीन उपयुक्त हुन्छ । कुनै पनि खेती गर्दा माटोको ल्याव परिक्षण तथा सुक्ष्म प्राविधिक कुराहरूलाई ख्याल गरेको पाइन्न तर व्यवसायिक कफी खेतीको लागि कम्तीमा पनि निम्न प्राविधिक पक्षहरूलाई ख्याल गरिनु पर्छ । क) माटोमा प्रशस्त रुपमा प्राँगारिक पदार्थ भएको हुनु पर्दछ । पि.एच ५.५ देखि ६.५ सम्मको हुनु पर्दछ । यदि प्राँगारिक पदार्थ कम छ भने राम्ररी कुहिएको कम्पोष्ट वा गोवर मल हाली कोशेवाली लगाउनु पर्दछ । ख) सरदर वार्षिक वर्षा १५०० देखि २००० मि.लि,

सरदर तापक्रम १५–२४ डिग्री सेल्सियस,औषत सापेक्षित आद्र्रता ७०–८०% हुने क्षेत्र कफी खेतीको लागि उपयुक्त मानिन्छ । जमीनको तयारी ः विरुवा लगाउनु भन्दा करीब २÷३ महिना पहिले नै जमीनमा भएका अनावश्यक रुख झाडी आदि सफा गर्नु पर्दछ । व्यवसायिक खेती गर्नको लागि जमिनको रेखाँङ्कन आवश्यक छ । रेखाँङ्कन वर्गकार, त्रिभुजाकार, गरा कान्ला आदि तरिकाले गर्न सकिन्छ । विरुवा रोप्नु भन्दा दुई तिन महिना पहिल्यै खाडलको तयारी गर्न‘ पर्छ । खाडल करीब एक हात गहिरो र त्यति नै लम्बाई र चौडा(१.५ फुट ह १.५ फुट) खनी करीव १ महिना घाममा सुक्न दिनु पर्छ । खाड्ल खन्दा माथिल्लो आधा भागको मलिलो माटो छुट्टै र तल्लो भागको छुट्टै राख्नु पर्छ । खाडल पुर्ने बेलामा छुट्टयाइएको माथिल्लो भागको माटोमा ४÷५ केजी राम्रोसंग पाकेको गोठमल वा कम्पोष्ट मल मिसाई जमिनको सतह भन्दा करीव ४।५ इन्च उचाई हुने गरी (पछि विरुवा लगाउदा थाहा पाउन सजिलोको लागि) किला गाडी चिनो छाड्नु पर्छ । छहारी व्यवस्थापन ः कफी खेतीका लागि छहारी अनिवार्य चाहिन्छ । जमिनलाई मलिलो राखिराख्न कफीमा विभिन्न रोग लाग्न नदिन एंव चाहिने भन्दा बढी प्रकाश (घाम) रोक्न छहारीको भूमिका हुन्छ । कफी फुल्न र फल्नको लागि बोटको सम्पुर्ण भागमा सूर्यको प्रकाश पर्नु पर्छ । तर अधिक समयसम्म प्रकाश पर्न दिनु हुदैन । सामान्यतया विहानीको कलिलो घाम कफीको लागि उपयुक्त हुन्छ । कफीको बोट भन्दा अन्दाजी ५ फिट माथिबाट छाया दिने रुखलाई कफीको छहारीको रुपमा रोप्नु पर्छ । एक रोपनी कफी

खेतीको लागि करीब २५ वटा छहारी रुख चाहिन्छ र कफी खेती गर्न‘ एक वर्ष पहिल्यै छहारीको व्यवस्था मिलाउनु पर्छ । अस्थाई छहारीको लागि केरा वा अन्य छिट्टै हुकर्ने घाँसका बोटहरू लगाउन सकिन्छ भने स्थाई छहारीको लागि ठाउँ अनुसार हुने फलफुलका रुख इपिल–इपिल, सेतो सिरिस,फलेदो, काइयो फुल आदि लगाउन सकिन्छ । माघ ( फागुन खाडल खन्ने चैत्र खाडल सुकाउने बैशाख पुर्ने जेठ ( असार विरुवा रोप्ने विरुवाको छनोट कम्तीमा एक फुट अग्लो १२ देखि १८ महिना उमेर भएको ६ जोडी पात भएको र माउ बोट थाहा भएको विरुवा हुनु पर्छ । विरुवा सार्ने समय ः सामान्यतया वर्षा सुरु हुनु भन्दा पहिले (असार) वर्षातको अन्तिम(भदौ) तिर विरुवा सार्नु पर्छ । विरुवा सार्ने तरिका ः पहिलो खाडलमा राखेको चिनो हेरेर त्यसमा विरुवाको गोला अटाउने प्वाकल बनाउनु पर्छ । पोलि व्यागबाट गोला नफुटाई उक्त प्वाकलमा हाली गोलाको भाग मात्र पुर्नु पर्छ । कम पुरे विरुवा सुक्ने र बढी पुरे डाँठ कुहिने डर हुन्छ । खाद्यतत्व व्यवस्थापनः कफी खेतीको लागि कम्तीमा पनि ५%अर्गानिक पदार्थ हुनु पर्दछ । बोटको उमेर अनुसार राम्रोसंग पाकेको गोवर वा कम्पोष्ट मल ५केजी प्रति बोटका

दरले वर्षमा दुई पटक (चैत्र र असोज) साथै प्राँगारिक झोल मल (बोडो मिश्रण) बनाई प्रत्येक ३ महिनाको फरकमा प्रयोग गर्न‘ पर्छ । काटछाँट केही महिना अघि तान्जानियाबाट आएका एक अनुभवी कफी प्राविधिकले हाम्रा अधिकांश कफी बगान देखेर आश्चर्य प्रकट गरे । ठुलो र फैलिएको रुखबाट धेरै कफी फल्छ भन्ने हामी अधिकांशको धारणा पाइयो तर ठिक विपरित प्रत्येक वर्ष बोटको उमेर,अवस्था र बोटलाई दिइएको हेरचाह अनुसार काटछाँट गर्दा उत्पादकत्व बढ्छ । प्रत्येक वर्ष फल टिपेपछि फुल फुल्नु सुरु अघि रोगी, सुकेका, चोर मुनाहरू आदि काटछाँट गरी हटाउनु पर्छ । रोग किरा व्यवस्थापन ः सामान्यतया चैत्र बैशाख र भदौ असोज तिर सेतो गँवारोको प्रकोप हुन्छ । त्यसलाई रोकथाम गर्न मोटो काण्ड र फेंद सफा गरी प्राँगरिक औषधी दल्नु पर्छ । गँवारो किरा लागेमा बोटलाई जरै समेत उखेलेर जलाउनु पर्छ । अन्तरवाली कफी लगाएको २÷३ वर्ष सम्म विचको खाली ठाउँमा कोशेवाली, तरकारी, मसलावाली,आलु,अदुवा,बेसार

आदि लगाउन सकिन्छ । यसरी अन्तरवाली लगाउदा त्यसलाई चाहिने मलजलको भने छुट्टै व्यवस्था गर्नु पर्छ । प्रशोधन र भण्डारण कफी खेती गरेको चौथो वर्षबाट राम्रो फल दिन सुरु गर्छ । राम्रोसँग पाकेको कफीका दानाहरू (चेरी) लाई टिपेको १२ घण्टा भित्र पल्पीङ्ग (रातो बोक्रा निकाल्ने) गर्न‘ पर्दछ । यसरी पल्पीङ्ग गरि प्रशोधन गर्ने विधिलाई चिसो विधि भनिन्छ । त्यसरी बोक्रा निकालिसकेको चिसो पार्चमेन्ट कफीलाई ठाउँ र समय अनुसार २४ देखि ४८ घण्टासम्म फर्मेन्टेशन (पार्चमेन्टमा भएको चिप्लो पदार्थ हटाउने) गर्न‘ पर्दछ । गर्मी ठाउँमा २४ घण्टा भन्दा कम समयमा पनि फर्मेन्टेशन हुन सक्छ । फर्मेन्टेशन गर्नको लागि प्लाष्टिकका ड्रमहरूमा पार्चमेन्टलाई गुम्स्याउनु पर्छ । निश्चित अवधिमा फर्मेन्टेशन पुरा भई सके पछि पार्चमेन्टलाई राम्रोसँग सफा पानीले धोई घाममा सुकाउनु पर्छ । राम्रोसँग सुकेको कफी पार्चमेन्टलाई सफा बोरा वा भकारी आदिमा राखी गन्ध (मट्टितेल आदि) नआउने ठाउँ, हावा चल्ने र ढुसी नआउने कोठामा भण्डारण गर्नु पर्छ । प्रमाणिकरण अन्तराष्ट्रिय बजार कफीका प्रमुख दुई जातहरू अराविका र रोवस्टा मध्ये

अराविका उच्च कोटीमा पर्दछ । हालसम्म नेपालमा अराविका मात्रै उत्पादन गरिन्छ । नेपालका साना किसानले समुद्र सतहबाट ८०० मि. भन्दा माथिका चिसो हावापानीमा रासायिक मल र विषादी नराखी अर्गानिक पद्धतिबाट छहारीमुनी खेती गरेको हुनाले यसले विश्व बजारमा विशिष्ट कफीको पहिचान बनाएको छ । विशिष्ट कफीको मूल्य अन्यको तुलनामा १० देखी २५% सम्म बढि हुन्छ । नेपालमा विभिन्न अन्तराष्ट्रिय प्राँगारिक एंव स्वच्छ व्यापार प्रमाणीकरण संघ संस्था जस्तै ग्क्म्ब्, (अमेरीका) ल्ब्क्ब्ब् (अस्ट्रेलिया), ँब्क्ष्च्त्च्ब्म्भ् (जापान) लगायतका स्वच्छ व्यापार आदिले प्रमाणीकरण गरेका छन् । कफी प्रमाणीकरणले अन्र्तराष्ट्रिय बजारमा राम्रो मुल्य पाउनुका साथै विशिष्ट पहिचान पाउँछ र दिगो बजारको व्यवस्थापन गर्न सहयोग पुग्छ । नेपाल सरकारले प्रमाािणकरणका लागि आर्थिक एंव अन्य सहयोग गर्दछ । त्यसको जानकारी आम कृषकहरू माझ नपुगेको र प्रक्रियागत अप्ठ्याराका कारण पूर्ण राहत लिन सकेका छैनन् ।