शिव शिखर कृषि सहकारीद्धारा कृषि एम्बुलेन्स संचालन

शिव शिखर कृषि सहकारीद्धारा कृषि एम्बुलेन्स संचालन

पोखरा । शिवशिखर कृषि सहकारी संस्था पोखरा सेवाकेन्द्रले लकडाउनमा कृषि एम्बुलेन्स संचालन गरेको छ । संस्थाले स्थानीय उत्पादनलाई खेर जान नदिई आम उपभोक्तामाझ पुर्याउने उद्धेश्यले कृषि एम्बुलेन्स संचालन गरेको हो । ‘कृषको तरकारी कृषककै मूल्यमा’ भन्ने उद्धेश्यकासाथ संस्थाले उपभोक्ताको घरघरमा तरकारी तथा खाद्य सामाग्री पुर्याउन थालेको हो ।

| Advertisement |

Promotional banner

गण्डकी प्रदेश भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय र पोखरा महानगरपालिकाको समन्वयमा संस्थाले नगरबासीहरुको घरमा घरमा सस्तो मूल्यमा तरकारी पुर्याउन थालेको हो । लकडाउनका कारण स्थानीय किसानले उत्पादन गरेको तरकारी खेर जाने अवस्था भएको र उपभोक्ताले उपभोग गर्न नपाएको समयमा सेवा दिएको संस्थाका मुख्य सह–प्रवन्ध निर्देशक शुसिल बाँनियाले बताए ।

उनले पोखराको हेम्जा, मालेपाटन, लेखनाथ लगाएतका क्षेत्रका किसानको बारीबाटै तरकारी संकलन गरेर उपभोक्ताको घरघरमा पुयाउने गरेको बताए । किसानको उत्पादनले बजार नपाएको र उपभोक्ताले सहज रुपमा स्वथ्य सामान नपाएको अवस्थामा संस्थाले सर्वसुलभ तरिकाले उपभोक्ताको घरघरमै पुर्याएर सेवा दिएको जानकारी दिए ।

उनले सदस्य तथा आम उपभोक्ताहरुलाई स्वस्थ तरकारीका साथै संस्थाका उपकार ब्राण्डका खाद्य सामाग्रीहरु पनि घरघरमै पुर्याएर कालो बजारीहुन बाट रोकेको र उपभोक्तालाई अस्वस्थ सामान प्रयोग गर्न नपर्ने पनि भएको बाँनियाको भनाइ छ । उनले सेवालाई निरन्तरता समेत दिने बताए ।

साभार:http://sahakariakhabar.com/