सस्तो र भरपर्दोकोल्ड रुम

सस्तो र भरपर्दोकोल्ड रुम

ृकषिजन्य सामाग्रीको उत्पादन पछिको क्षति न्यूनीकरण गर्न तथा उपजमा भएको पोषण तत्वलाई जोगाई राख्न उपयुक्त तापक्रममा राख्नु पर्दछ । सोको लागि चिस्यान घर अथार्त कोल्डरुमको आवश्यकता पर्दछ । कोल्डरुम भन्ने वितिकै धेरै लगानी लाग्ने तथा संचालनमा धेरै प्राविधिक ज्ञान चाहिने कुराले हामी तर्सन्छौ । तर अब त्यस्तो अवस्था छैन । अब हामीले सामान्य रुपमा प्रयोग गर्ने ए.सी.लाई नै कृषि उपज भण्डारण गर्न आवश्यक तापक्रममा मिलाउन सकिने कुलबट नामक यन्त्र उपलब्ध छ । यो यन्त्र ए.सी.मा जडान गरे पछि ए.सी. लाई २ डिग्री सेल्सियस सम्म झार्न मिल्छ । यो प्रविधिमा बनाएको कोल्डरुम साना आकारका हुन्छन । १ देखि ५ टन सम्म भण्डारण गर्न मिल्ने हुनुका साथै विभिन्न किसिमका उपजलाई छोटो अवधिको लागि भण्डारण गर्न प्रयोगमा ल्याउन सकिन्छ । परम्परागत मेसिनको प्रयोग गरि बनाइने कोल्ड रुम भन्दा यसको लागत मूल्य पनि सस्तो हुन आउँछ भने अर्को तर्फ संचालन लागत मूल्य पनि कम हुन आउँछ । यो बिग्रिदैन तर्सथ मर्मतको पनि झन्झट हुन्न । यो प्रविधि सम्बन्धि विस्तृत जानकारी चाहिएमा सम्र्पक ०१–४७८६१५८, ९८४००७२७१७