सहज रुपमा मल आपूर्तिका लागि किसानको माग

सहज रुपमा मल आपूर्तिका लागि किसानको माग

| Advertisement |

Promotional banner

समयमै किसानले मल पाउन नसकेको भन्दै राष्ट्रिय कृषक समूह महासंघले सरकारको ध्यानाकर्षण गराएको छ । बिहीबार गाँउ/नगरपालिका, जिल्ला, प्रदेश तहमा अभियानको रुपमा ज्ञापन पत्र पेश गर्दै समयमै सरकार र मल आयात गरि किसानलाई उपलब्ध गराउन माग गरेको महासंघले जनाएको छ ।

जिम्मेवारी पाएका निकायहरुलाई ध्यानाकर्षण गराउने र आगामी वर्षहरुमा यस्तो अवस्था नआओस् भनि सजग गराउने उद्देश्यका साथ ज्ञापनपत्र बुझाएको महासंघका अध्यक्ष नवराज बस्नेतले जानकारी दिए । ‘यस वर्ष मनसुन सकृय भएकोले किसानहरुले समयमा धान खेती त लगाए तर धान खेतीमा चाहिने मल गोडमेल गरि सक्ने समय हुँदा पनि पाउनसकेका छैनन्’ उनले भने‘ मल नपाउँदा अहिले किसानहरु सडकमा आउन बाध्य छन्, सडकमा निस्कन बाध्य पारिएको छ ।’

मल आयात गर्ने जिम्मेवारी पाएको कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनलाई दिने नीतिगत व्यवस्थालाई अंगाल्दै किसानलाई मल उपलव्ध गराउने प्रावधान भएकोमा मल आयात गर्न र किसान समक्ष मल पुर्‍याउनु पर्नेमा वर्षेनी विभिन्न वहानाबाजीका कारण मल नपाएर किसान हैरानमा पार्दै आएको गुनासो गरेको छ ।

बजेट तथा कार्यक्रम पर्ने रसायनिक मल नपाइने विगतका वर्षमा देखिदै आएको अवस्था यस वर्ष पनि देखिएकोले वितरण प्रणलीमा त्रुटीलाई सच्चाई रसायनिक मलको सहज आपूर्ति र वितरण प्रणलीमा सुधारको लागि पहल गर्न माग गरेको छ ।

साभार:nagariknews.nagariknetwork.com/