स्थानिय तहको कृषि तथा पशु शाखाको परिचालन नै एकमात्र बिकल्प

स्थानिय तहको कृषि तथा पशु शाखाको परिचालन नै एकमात्र बिकल्प

| Advertisement |

Promotional banner

बिपद बाजा बजाएर नआउने भएकोले हामी सबै बिपदको लागि तयारी अबस्थामा रहनुपर्दछ । सरकारले बिपदका बेला आफ्ना बिभिन्न निकाय संग समन्वय गर्नुपर्दछ । हालको अबस्थामा स्वास्थय, अर्थ तथा अन्य मन्त्रालय बिच समन्वय गरी भएका संरचनाहरुलाई प्रयोगमा ल्याउनु पर्दछ । यो जिम्मेवारी नेपाल सरकारको मात्र हो भनेर बस्यो भने हामी बिपदसंग कहिलै जित्न सक्दैनौ । हामी संग भएका सार्बजनिक, निजि, सहकारी क्षेत्र र स्थानिय निकाय मिलेर अगाडी बढ्नु पर्दछ । सायद भारतमा बिपद नसकेसम्म नेपालमा सुरक्षित छौ भन्ने वातावरण आउन सक्ने सम्भाबना एकदमै कम छ । हाम्रो खाद्यान्नको श्रोत नै आयात भएको बेला आफ्ना जनता भौकै राखेर कुन चाही देशले पैसा पाउन्छ भनेर हामीलाई निर्यात गर्ला । त्यस्तो बेला आपुर्तीको अबस्था के होला, गाऊ गाऊसम्म चामल खानै पर्ने बानी बसेका हामी गाऊमा भएकौ रैथाने बालीहरुको बीउलाई नै कहाँ खोज्ने होला ।

आज भोलि भन्दा भन्दै एउटा समय बितिसकेको छ तसर्थ हामीले दिमागले केही भ्याएन भने अरु देशले के गरेको छ भनेर अध्धयन गर्नुपर्दछ । खाद्यान्न तथा औषधीजन्य आपुर्तीमा अरुले के गर्देछ र सफलता पाएको छ की छैन । सरकारले एउटा बिचार पु¥याएर धारणा बनाउनुपर्दछ त्यसलाई सबैलाई आह्वान गर्नुपर्दछ । मुख्यगरी ध्यान दिर्नुपर्ने कुरा भनेको सिहदरवारबाट नै सबै हेर्नुपर्दछ भन्ने धारणा त्याग्नुपर्दछ । अहिलैको अबस्थामा वडाअधक्ष्यहरुलाई बढी जिम्मेवार बनाउन अगाडी बढ्नुपर्दछ । बढ्दै गरेको खाद्य असुरक्षालाई कसरी सम्बोधन गर्ने भन्ने पनि मुख्य कुरा हो । अहिलैको अबस्थामा रोग संग लड्नको लागि फुड सप्लाई चेनमा काम गर्नुपर्दछ । यदि खाद्यान्नको अभाब भयो भने जनता कुनै पनि कुरा सुन्न सक्ने अबस्थामा हुन्दैन । रोगबाट मरिएला नमरियला थाहा भएन भोक संग त पक्के मरिने भो भनेर मान्छेहरु दिल्लीका गल्ली गल्लीहरुमा हिडेको मिडियामा हामीले देखेका छौ जुन नेपालमा पनि फातफुत देख्न सकिन्छ ।

अहिलैको अबस्थामा खाद्य सुरक्षा र सप्लाई चेन कस्तो छ भनेर बिज्ञ सहितको अबधारणा अगाडी आउनुपर्दछ । जनतासंग सम्बन्धित मन्त्रालयका मन्त्री ज्यूहरु दैनिक जसो पहुँचमा आउनुप¥यो । कहिलैकाही खाद्यान्न अभाब भन्दा खाद्यान्नको सप्लाई चेन नमिल्दा ठूलो समस्या आउन्छ जुन बिगतमा हामीले देखि सकेका छौ । अहिल्यै तत्कालको लागि हामीले स्थानिय तहको कृषि शाखाबाट कहाँ के के उत्पादन छ र कति त्यहाँ बजार छ कतिलाई बजार ब्यवस्थापन गर्नुपर्दछ भनेर काम गर्न जरुरी छ । त्यसपछि अब के के लगाउन सकिन्छ भनेर कार्य योजना बनाउनु पर्दछ जसले गर्दा ३÷४ महिना पछि सप्लाई चेनमा असर नपरोस् । यो बिपद् आफैमा पनि एउटा अबसरको रुपमा परिनत हुनसक्दछ । तत्कालको लागि असहज आवतजावतको कारण उत्पन्न भएको समस्याको कारणले गर्दा बिक्रिबितरण एकदम कमि छ फलस्वरुप पहिलो मार उत्पादन क्षेत्र नै परेको छ । सायद यो समय माननिय मन्त्री घनश्याम भुसालको पाचँ बुदे बुद्वाको लागि स्वणिर्म समय हुनसक्दछ । मन्त्रालयलै स्थानिय निकायको रोहबरमा किसानको खेतबाट नोक्सान हुनसक्ने खाद्यान्नको न्यूनतम मूल्य तोकेर राहत ल्याउन सक्दछ । यो सरकारको लागि ठूलो पैसा नभएपनि किसानको लागि अर्कोपटक उत्पादन गर्नसक्ने आधार हुनसक्दछ ।

हाल यहाँ हामीले पोषण युक्त खाद्यान्नको कुरालाई छोएका छैनौ । साथै पूजी बजारले गर्दा खाद्यान्नमा कमि हुनसक्ने मागलाई छोएका छैनौ । हुनत तथ्याङ्कलाई हेर्न हो भने ४८ प्रतिशत जनताले मात्र एकबर्ष भरी नै पुग्नेगरी खाने गर्दछन् । हामीले बिर्सन नहुने कुरा के हो भने हाम्रो ग्रामिण अर्थतन्त्रको मेरुदण्ड नै कृषि हो र यो संकटमा बचाउन सक्ने केही छ भन्ने त्यो कृषि नै हो । अहिलै बिदेश वा भारतबाट नै फर्किएका जनशक्तीलाई नै व्यवस्थापन गर्ने मुख्य क्षेत्र कृषि नै हुनसक्दछ । केबल कृषिलाई उद्योग संग जोडिनुपर्दछ त्यसको लागि निजि क्षेत्र संग सहकार्य गर्नुपर्दछ र यसको पहल कदम स्थानिय सरकारले लिनुपर्दछ ।