स्थानीय उत्पादन उपभोग गर्ने संकल्प गरौँ

| Advertisement |

Promotional banner

हट्यो सारा हिलो मैलो, हरायो पानीको बर्षा, भवानीको भयो पुजा, चल्यो आनन्दको बर्षा भनेर कवि शिरोमणीले लेख्नु भए पनि मौसमले गर्दा यसपालिको दशैं  हिलै दशैं हुने कुरा मौषमविदहरुले अनुमान लगाईरहेका छन् । यसले गाँउघरसम्म पुग्न हिलाम्मे बाटोका कारण धेरै असुरक्षित यात्रा गर्नु पर्ने वाध्यता आउन सक्नेछ । जे जस्तो भएपनि दशैं हाम्रो अगाडी छ र सबैलाई शुभकामना ।

हरेक पर्वलाई अवसर र उत्साहको रुपमा लिने नेपालीहरुको बानीलाई मनन् गर्दै, यो वर्षको दशै उत्सव स्थानीय उत्पादनमय बनाउन अनुरोध गर्न चाहन्छु । यसकोलागि दशैँको किनमेलमा नेपाली उत्पादन, वस्तु तथा सेवालाई नै प्राथमिकतामा राख्नु पर्दछ । यसले नेपालमा रहेका सा–साना उद्यमीलाई हौसला मिल्छ । रोजगारीको श्रुजना हुन्छ । यसपालीको दशैमा केही महंगो परेता पनि नेपालमा नै उत्पादन भएको खसी खाने, कर्णालीको स्याउ नै उपहार लैजाने, नेपाली मसला नै उपभोग गर्ने संकल्प गर्नु भयो भने यसले हाम्रा कृषकलाई अझ धेरै उत्पादन गर्ने उत्प्रेरणा मिल्छ । सामाजिक संन्जालमा मैले त नेपाली उत्पादन नै प्रयोग गरे भनेर पोष्ट गरौ यसले स्वदेशी उत्पादन उपभोगमा अरुलाई पनि प्रेरित गर्न सक्छ । यस्तो कदमले प्रत्यक्ष अप्रत्यक्ष रुपमा नेपाली उद्योग फस्टाउने छ र कच्चा पदार्थ उत्पादनकालागि थप कृषि पकेट क्षेत्रहरुको बिकास हुनेछ ।

दशैंको विदामा आफ्नो गाउँ, जिल्ला जादा ती ठाँउमा पर्यटकीय दृष्टिकोणबाट महत्वपूर्ण स्थानहरुको पनि सामाजिक संजाल मार्फत प्रचार गरौ । यसले आन्तरिक पर्यटनमा टेवा पुर्याउने  छ । यसका साथै आफ्नो ठाँऊमा भएका होमस्टेहरुमा एक रात बसेर उनीहरुलाई प्रोत्साहन दिऊ । दशैँलाई असत्य माथि सत्यको जित मात्र होइन राम्रो कुराको सुरुवात गर्ने एउटा पर्वको रुपमा मनाउ । दशै पछि नयाँ वर्ष सम्म चल्ने बिदा मनाउने र घुमघाममा एकपटक ग्रामिण-कृषि पर्यटनलाई प्राथमिकतामा राखौं । यो दशैँमा आफनो गाँउघरमा भएका कृषि फार्महरुको अवलोकन गरौँ । कृषकहरुलाई भेटी एउटा सेल्फी पनि पोष्ट गरौ । यसले गाँउमा बसेर काम गर्नेहरुलाई उत्प्रेरणा मिल्नेछ । यसका साथै भान्सामा पनि स्थानीय तथा रैथाने जातका खाद्यान्न तथा उत्पादनलाई भान्छामा स्थान दिने प्रयास शुरु गरौ । यीनको विभिन्न परिकारहरु बनाएर आफू पनि खाउ र अरुलाई पनि खुवाऔ । यसले राष्ट्रिय अर्थतन्त्रलाई टेवा पु¥याउनुका साथै विस्तारै तपाईको स्वास्थ्यलाई पनि फाईदा पुग्नेछ । किसानलाई मात्र होईन उत्पादन देखि बजारीकरणसम्म काम गर्ने सबैलाई हौसला मिल्नेछ । चाड पर्वबाट भएको यो शुरुवात दिगो हुदैँ जादा तपाईको स्वास्थ्य सँगै सा साना कृषकहरु पनि प्रत्यक्षपमा लाभान्वित हुनेछन् ।

चाडपर्वमा मात्र भए पनि स्थानीय उत्पादन उपभोग गर्ने र बिदालाई ग्रामीण तथा कृषि पर्यटनका लागि सदुपयोग गर्ने हो भने नेपालको कृषिले एउटा फड्को पक्कै मार्ने छ । तपाई हामीले वर्षभरिमा गर्ने भ्रमण मध्ये एउटा भ्रमण ग्रामीण तथा कृषि पर्यटनको लागि छुट्याउने शुरुवात गर्यौं भने मात्र नेपाल भ्रमण वर्ष २०२० पनि सफल हुनेछ । यसको लागि राज्यको सबै तह, निजी क्षेत्र एवं व्यक्तिगत तवरबाट पनि आ-आफ्नो भुमिका निर्वाह गरेर कसरी हुन्छ हाम्रो कृषिलाई संरक्षण, पबद्र्धन गरौ र यसमा विभिन्न आयाम थपि कृषिलाई व्यवसायिकता तर्फ लैजान मद्धत गर्न सबैले संकल्प गरौ । प्रत्येकको सानो प्रयास नै महत्वपूर्ण बनाऔं । कृषि उत्पादन गर्ने फार्मको विकास संगसंगैं त्यसलाई कृषि पर्यटनको थलो कसरी बनाउन सकिन्छ भनेर सोँचौ । गाँउमा तपाईको खेतबारी बाझो छ भने त्यसलाई हरियाली बनाउने उपयुक्त फलफूल, कृषि वन के हुन सक्छ योजना बनाऔ । तपाई हामी सबै लागे मात्र कृषि क्षेत्रको दिगो विकास हुन सक्छ । राज्य र कृषकले मात्र सम्भव हुन्न । तसर्थ यो पर्वलाई कृषि विकास पर्वको रुपमा मनाऔं । वडा दशैँको फेरी पनि शुभकामना ।