स्थानीय तहमा कृषि

कृषिक्षेत्रलाई अघि बढाउन माटो जाँच

गण्डकी प्रदेश अन्तर्गत बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाले पालिकाका सबै वडामा माटो परिक्षण कार्य सम्पन्न गरेको छ । निसीखोला गाउँपालिकाको आयोजना र माटो तथा मल परिक्षण प्रयोगशाला पोखराको प्राविधिक सहयोगमा माटो परिक्षण कार्य सम्पन्न गरिएको हो । टोलटोल बाट संकलन गरिएको नमुना लाई प्रत्येक वडामै पुगेर परिक्षण गरिएको र सोही क्रममा करिब ५०० अगुवा कृषकले माटो परिक्षण गराएको गाउँपालिकाका कृषि संयोजक तारा बहादुर परियारले बताए । गाउँपालिकाको समृद्धिको मुल आधार कृषि नै भएकोले सम्पूर्ण पालिका बासीको जिवनस्तर उकास्नका लागि पालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखी काम गरिरहेको र माटो परिक्षण रिपोर्टको आधारमा व्यावसायिक कृषकलाई प्रोत्साहन गर्नको लागी आगामी बजेटबाट सम्बोधन हुनेगरी थप योजना अगाडी बढाउने निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले बताए । समग्र पालिकाको माटोको अवस्था चिन्ताजनक नै देखिएको छ । वडा न. ३,४,५ र ६ को माटोमा अम्लीय पना बढी देखिएको र १ न. वडाको माटो सबैभन्दा उत्तम देखिएको छ ।

उत्पादनमुखी आधुनिक कृषि

यस गाउँपालिकाले विभिन्न कार्यक्रमहरु सञ्चालन गदै आएको छ । चिया बगैचा सञ्चालन गर्ने,भर्मिकम्पोष्ट तथा माटो परीक्षण शिविर,व्यवसायिक कृषक र समुहलाई पुरस्कार वितरण, फलफुल बेर्ना वितरण, बेमौसमी तरकारीको बीउ वितरण,राष्ट्रिय धान दिवस मनाउने कार्यक्रम रहेको छ । दिगो विकासको लागि कृषिजन्य उधोगको लागि किवी व्लक, एभोकार्डाेको ब्लक र तरकारी ब्लक बनाउने, बीउमा आत्मनिर्भर हुन कार्यक्रम, धान–मकै बिज वृद्धि, कृषि औजार÷उपकरण वितरण, चेतनामुलक कार्यक्रम, एक घर एक बिरुवा कार्यक्रम, चियाको विस्तार, अलैचीको पकेट विस्तार कार्यक्रम, आँप तथा लिची पकेट बनाउने कार्यक्रमहरु रहेको छ । अब आउने आर्थिक बर्षमा अध्यक्ष माटो सुधार कृषि परियोजना,मौरीको विषेश कार्यक्रम,रष्टिक स्टोर बनाउने, कम्तीमा २ वटा कलेक्सन सेन्टर बनाउने योजना रहेको छ ।

उत्पादन बढाउन गुणस्तरीय बीउ वितरण

यस गाउँपालिकाले कृषि क्षेत्रलाई जोड दिएर काम गदै आएको छ । आरु, ओखर, सुन्तला, कागती, जुनारको बेर्नाहरु वितरण गर्ने कार्यक्रमहरु गरेको छ । वडा कार्यलयलाई बेमौसमी तरकारी खेती गर्नको लागि प्लाटिष्क वितरण,तरकारीका विउहरु वितरण गर्ने,समुहमा कुखुरा वितरण गर्ने कार्यहरु गदै आएको छ । कृषि क्षेत्रमा रोग किराको समस्या, प्राविधिक र बजेटको अभाव, सिँचाइको अभाव, किसानले चाहेजति बेर्ना उपलब्ध गर्न नसक्ने समस्याहरु रहेको छ । हाम्रा भावी योजनाहरुमाः धान,मकै गहँुको बीउ, आलुको टि.पि.एस बिउमा सहयोग गर्ने तथा रैथाने बालहिरु बचाउने तथा प्राविधिक थप्ने रहेको छ ।

कृषिमा कोल्ड स्टोरको खाँचो

यस गाउँपालिकाले कृषि क्षेत्रको लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गदै आएको छ जसमध्ये ५० प्रतिशत अनुदानमा प्राङ्गारिक मल वितरण,मिनी टिलर वितरण, १ घर ५ फलफुलको विरुवा (किवी,नास्पती,स्याउ,हलुवावेद) वितरण गरिसकेको,५० प्रतिशत अनुदानमा धानको बीउ वितरण, ५० प्रतिशत अनुदानमा मकैको बीउ वितरण,कृषि उधमशीलता गर्ने फर्म खोल्नेलाई अनुदान, नमुना कृषिको पकेट बनाउने, मिनीकिट वितरण गर्ने कार्यहरु गर्दे आईरहेको छ । अव आउने आ.व.मा लप्सी प्रशोधन, बडा नं.२ मा साना उधोगको मार्फत अदुवा सुकाउने मेसिन,यु.एन.डी.पि. संग मिलेर तरकारी पकेट सञ्चालन गरी कृषि ज्ञान केन्द्र काभ्रेपलाञ्चोक बाट घोषणा गर्ने यस गाउँपालिकाको योजना रहेको छ । सुख्खा क्षेत्रमा २ लाख लिटर अटने पानीको पोखरी जम्मा गर्ने, व्यवसायिक रुपमा खेती गर्ने किसानलाई अनुदानमा मल,बीउ र अन्य सामाग्रीहरु र प्राविधिक सेवाहरु उपलब्ध गर्ने,कृषि बिमा सुरुवात गर्ने,तरकारी तथा फलफुल भण्डारणको लागि कोल्ड स्टोरेज राख्ने पनी योजना रहेको छ ।