स्वस्थलाइ उपयोगी मकैको जुंगा

स्वस्थलाइ उपयोगी मकैको जुंगा

मकैको घोगामा टुप्पोमा देखिने जुंगालाई हामीले यतिकै खेर फालीरहेको हुन्छौ । तपाई हरियो मकै उसिनेर खानुहन्छ भने अनिवार्य रुपमा त्यसको जुंगा समेत खेर नजाने गरी उसिन्ने भाडोमा राख्नुहोस । जुँगा सहितको मकै उसिनेको पानी खेर जान नदिनुहोस । छानेर चिया जसरी खानु होस । यसले विशेषगरी ढल्कदो उमेरका लोग्ने मान्छेहरुको प्रोस्टट लाई ठीक गर्नमा मकैको जुँगाले चमत्कारीक नतिजा दिने कुरा वैज्ञानिकहरुले दावी गरेका छन् । मकैको जुंगामा सयौँ प्रकारका औषधिय गुणहरु रहेका हुन्छन् । अमेरिका,टर्की,फ्रान्स लगायतका देशमा मकैको जुंगाको धुलो प्रतिकिलो रु
पाँच हजार सम्म विक्री हुन्छ । मकैको जुंगालाई सुकाएर धुलो पारी चियाको रुपमा बेच्नको लागि काठमाडौमा पनि रेष्टुरेन्टहरु खुलेका छन् । हाल क्यान्सर,ब्लड प्रेसर,विर्सिन रोग े,सोच्न नसक्ने, सुगर, मोटोपना ,पिसाव कम हुने आदि अनगिन्ती समस्या विरुद्धकोलागि मकैको जुँगाबाट
औषधीहरु तयार गर्न थालिएको छ ।