१४ करोडको राँगो

१४ करोडको राँगो

एउटा राँगोको मूल्य कति पर्ला रु ३० हजार, ४० हजार वा ७० हजार बढीमा । हामी यस्तै ठान्छौं । तर भारतको सबैभन्दा उत्कृष्ठ घरपालुवा जनावरको पुरस्कार पाएको  १५ फिट लामो, ५.८ इञ्च उचाँई र १५०० किलो तौल , भएको युवराज नामको राँगोलाई उनका मालिक करमबीर सिंहले ९ करोड भारु अर्थात नेपाली १४ करोड ४० लाख रुपैयाँमा पनि बिक्री गर्न नमानेर सबैलाई चकित तुल्याइदिए ।
घाँस खाएर उग्राउँदै गरेको युवराजलाई इंकित गर्दै मालिक करमबीरले भने – ‘यो मेरो छोरो जस्तै हो । छोरो जतिकै माया गरेर हुर्काएको छु । मलाई त्यो रकम चाहिँदैन । वार्षिक रुपमा ५० लाख भारु लाखको कमाई गरिदिन्छ त किन बेच्नु । जीवनमा सबै कुरा पैसा मात्र होइन् । ’
मेरठमा आयोजित अखिल भारतीय घरपालुवा जनावर प्रदर्शनीमा त्यहाँका निर्णायक मण्डलले यो राँगोलाई भारतको उत्कृष्ठ रांगोको रुपमा चुनेका थिए । शारिरिक बनावट , विर्यको गुणस्तर,वंशाणुगत इतिहास आदीका कारणले अन्य पशुहरु भन्दा उत्कृष्ट रहेको हो ।
युवराज ‘मुररा’ जातको उत्कृष्ट राँगो हा । यसले दैनिक १० देखि १४  मि.ली. उच्च गुणस्तरको विर्य उत्पादन र्गछ । सो विर्यबाट ७ सय देखि ९ सय डोज सिमेन तयार हुन्छ जुन प्रति डोज रु ५०० मा कृतिम र्गभाधारणको लागि बिक्री हुन्छ । युवराजको आमाले पनि दैनिक २५ ली. दुध दिने गरेकोले गर्दा पनि यसको विर्यको माग उच्च रहेको हो ।
यो राँगोले दैनिक २० लिटर दुध पिउँछ भने दैनिक १० केजी फलफूल , ५ केजी पोसिलो हरियो घाँस, ५ केजी सुख्खा परालर १५ किलो उत्कृष्ठ दाना खान्छ । यसको पालनपोषणको लागि मात्र ३ देखि ४ हजार हजार खर्च हुने गरेको समेत उनले बताए ।
स्रोत : टाईम्स अफ इन्डिया