१४ लाखको अंगुरको झुप्पा

१४ लाखको अंगुरको झुप्पा

रुवी रोमन जातको विशेष अंगुरको झुप्पा १३ लाख जापानी येन अथार्त १४ लाख नेपाली रुपैँयामा बिक्री भएको छ । उक्त अंगुरको झुप्पा जापानको एउटा होटलले बोलकबोल मार्फत खरिद गरेको हो । जापानी संचार माध्यमले जनाए अनुसार रुवी रोमन जातको अंगुरको परम्परागत उत्पादन थलो इसिकावा राज्यमा अक्सन बजारको आयोजना गरिएको थियो ।

| Advertisement |

Promotional banner

१४ लाखको अंगुरको झुप्पा

रुवी रोमन जातको अंगुरका दाना ३ से.मि. व्यासका हुन्छन् । उज्यालो रातोरंगका दाना हुने यो जातका अंगुर स्वादमा निकै गुलियो हुने गर्दछ । यसको एक झुप्पोको तौल करिब ९०० ग्राम हुन्छन भने करिब ३० दाना जति हुन्छन् । यसको मत्लब प्रत्येक अंगुरको दानाको मुल्य ४६ हजार नेपाली रुपैँया हुन आउँछ ।
अंगुर उत्पादन गर्ने सहकारीले जनाए अनुसार यसको फल लिने कार्य जुलाईबाट शुरु भई सेप्टेम्बर सम्म हुन्छ भने यो साल सहकारीले करिब २६ हजार यस्ता अंगुरको झुप्पा बिक्री गर्ने लक्ष्य लिएको छ ।
स्रोतःdailysabah.com