गोलभेंडामा लाग्ने पछौटे डढुवा -लेट ब्लाईट र त्यसको व्यवस्थापन

गोलभेंडामा  लाग्ने पछौटे डढुवा -लेट ब्लाईट र त्यसको  व्यवस्थापन

| Advertisement |

Promotional banner

स्वदेश रिजाल
देवासिष भण्डारी

परिचय:

गोलभेंडा सोलेनेसी परिवार अन्तर्गतको एक तरकारी बाली हो । यसलाई गरिबको स्याउको रुपमा पनि चिनिन्छ । यसमा प्रचुर मात्रामा भिटामिन सी, केही मात्रामा अन्य भिटामिन, काब्रोहाईडेड, प्रोटिन(प्रमुख खाधतत्व ) पाइन्छ । यो नेपालको उच्च पहाड, मध्य पहाड हुँदै तराई/बेँसीसम्म चैत्रदेखि कात्तिकसम्म खेती गर्न सकिन्छ । नेपालमा गोलभेँडाको प्रतिव्यक्ति खपत ९ के जि रहेको छ जुन आवश्यकता (१२ के जि) भन्दा ३ के जि कम रहेको छ । साथै तरकारी बालीहरु मध्ये गोलभेंडाको आयात उच्च रहेकोले पनि यसको ब्यवसायिकरणमा प्रशस्त सम्भावना देखिएको छ | यसमा प्रशस्त मात्रामा पानी हुने भएकाले भण्डारण अवधि छोटो हुन्छ र विभिन्न रोगहरु तथा किराहरुले सताउने गर्छन् । रोगहरुमा पछौटे डढुवा गोलभेडामा लाग्ने मुख्य रोग हो । यसमा लाग्ने रोग तथा किरा व्यवस्थापन गर्न सके राम्रो आम्दानी लिन सकिन्छ ।

उद्देश्य

पछौटे डढुवा समयमा नै पहिचान गरि उचित व्यवस्थापन गर्न र सम्भाव्य क्षतिलाई न्युन गराई उत्पादन वृध्दि गर्न|

सामग्री र तरिका :

  • मंगलपुर र कल्यानपुरमा भएका ब्यवसायिक गोलभेंडा किसानहरुसंग अन्तरक्रिया गरिएको ।

२. रामपुरमा एकीकृत किरा व्यवस्थापनका (आइ पी एम ) बिधिबाट गोलभेंडा खेतीको अबलोकन गरिएको ।

३. पछौटे डढुवा सम्बन्धि विभिन्न अध्ययन र अनुसन्धानको विश्लेषण गरिएको ।

४. सूचना तथा संचार प्रबिधिको प्रयोग गरि पछौटे डढुवा को बारेमा थप अध्ययन गरिएको।

 

विश्लेषण :

यो रोग फ्य्तोफ्थोरा इन्फेस्तंस (Phytophthora infestans) नामक ढुसीबाट लाग्दछ ।यो ढुसी Oomycetes क्लासमा पर्दछ । फाल्गुन चैत्रमा यो ढुसीले बढी आक्रमण गर्दछ । पानी पर्न थालिसकेपछी रातमा चिसो हुदा यो ढुसी झन् आक्रामक हुन्छ। सापेक्षिक आद्रता ९० प्रतिसत र १२ -१३ डिग्री सेल्सियस तापक्रम हुदा यो ढुसीको स्पोरंगियाको अंकुरण छिटो हुन्छ।उपर्युक्त बातावरण भएमा यो रोगले एक रातमै सबै बालीलाइ नस्ट पार्छ ।

लक्षण:

यो ढुसीले पातबाट आक्रमण सुरु गर्दछ । सुरुमा पातको किनारामा पानीले भिजेको जस्तो थोप्लाहरु देखिन्छन । ति थोप्लाहरु पछि हल्का खैरो रंगमा परिबर्तन हुन्छन र पछि गाढा खैरो वा कालो रंगमा परिबर्तन हुन्छन । यो क्रिया गोलभेंडाको काण्डमा पनि देखिन्छ । त्यसपछि यो फलमा पनि देखिन्छ जसमा कालो धब्बाहरु देखिन्छन । ओसिलो बाताबरणमा पातको तल्लो सतहमा  सेतो ढुसी देखिन्छ।

फोटो  : बागबानी फाम ,रामपुर , कृषि तथा बन बिज्ञान विश्वबिद्यालय |

जीवन चक्र :

यसको जीवन चक्र स्पोरंगियाबाट सुरु हुन्छ । ति स्पोरंगियालाइ हावाले बिरुवाको तन्तुमा पुर्यौछ र जूस्पोरेसहरु (Zoospores) बाहिर निस्किन्छन । यसको लागि ओसिलो र चिसो मौसम चाहिन्छ। जब मौसम न्यानो हुन्छ तब स्पोरंगियाको अंकुरण हुनथाल्छ र बिरुवाको तन्तुबाट खाद्य तत्व लिंछ। यो रोगको मुख्य इनोकूलुम पहिले लगाइएको सोलेनेसी परिवारको बिरुवाको अवसेसबाट सुरु हुन्छ जुन माटोमा भेतिनछ ।

व्यवस्थापनका तरिका

१.सिर्जना, तिर्सना जस्ता हाइब्रिड जातहरुमा तुलनात्मक रुपले अन्य स्थानीय र उन्नत जातहरु भन्दा पछौटे डढुँवा कम लागेको पाइयो तसर्थ हामी यी जातको गोलभेंडा लगाउन प्रोत्साहित गर्दछौं ।

२. बीउ उपचार विधि

बीउ उपचार गर्दा क्याप्टन, थाइरम ३ ग्राम प्रति के जि बिऊ प्रयोग गर्ने र त्यो विउलाई हावा नछिर्ने गरि छोपेर राख्नुपर्छ ।

३. रोग लागेको बोटहरु, माटोमा छोईएका पातहरु ,बिरुवा वरिपरिका झारपातहरू बटुली जलाउने र खेतबारी सधै  सफासुघर राख्ने ।

४. रोगका लक्षणहरु देखिन थालेपछि कपर अक्सिक्लोराइड (ब्लाइटस ५०% डब्लु पि) २ ग्राम , म्यांकोजेब २.५ प्रतिलिटर पानीमा मिसाइ एक हप्ताको फरकमा छर्कनु पर्दछ।

५. ढडुवा रोगको रोकथामका लागि किसानहरुले प्रयोग गर्ने र बजारमा उपलब्ध केहि बिषादि

जि-तुफान, जि-किँग, जि-मिल, जि- फर्न आदि रहेका छन् ।

६. त्यस्तै सेक्टिन ६० नामक बिषादि ३ ग्राम प्रतिलिटर पानीमा मिसाइ एक हप्ताको फरकमा छर्कदा राम्रो व्यवस्थापन भएको पाइयो।

७. गोलभेंडा को विरुवालाई समयसमयमा काँटछाँट गर्ने ताकि यसको फल र पातले सुर्यको किरण प्राप्त गर्दछ जसले रोग को व्यवस्थापनमा टेवा पुर्याउँछ |

स्थानको छनौट गर्दा पहिला पछौटे डढुवा लागि सकेको जमिन प्रयोग नगर्ने । बरु घुम्ति बाली प्रयोग गर्ने ।

 

फोटो  : किसानहरुले प्रयोग गरेका ढुसीनासक बिषादि|

निस्कर्ष:

फ्य्तोफ्थोरा इन्फेस्तंस (Phytophthora infestans) नामक ढुसीबाट लाग्ने पछौटे डढुवा रोगले गोलभेंडामा ठुलो क्षति पुरायौछ । यो रोग सिमसिमे पानी ,बादल लागेको अवस्था र चिसो रातमा बढी फैलिंछ। मंगलपुरमा भएका व्यवसायिक गोलभेंडा किसानहरुसंगको अन्तरक्रिया गर्दा , रामपुरमा आइ पी एम बिधिबाट खेति गरिएको गोलभेंडाको अबलोकन गर्दा ,विभिन्न अनुसन्धानहरुलाई बिस्लेशन गर्दा पछौटे डढुवा लाग्दा सुरुवातमा पातमा सानासाना थोप्लाहरु देखिन्छन र ति थोप्लाहरु पछि ठुला र काला देखिन्छन ।यो रोगको इनोकूलुम पहिले लगाइएको  बालीको अब्सेशबाट आउछ । यो रोगको रोकथामको लागि रोग लाग्नु अगाबैबाट संयमित हुनुपर्छ । उपचार गरेको बियुको प्रयोग ,बेर्ना लगाइसकेपछि ढुसी नासक बिषादी को प्रयोग र बिरुवाको अवस्था अनुसार अरु  बिषादी उचित मात्रामा हालेर यसको रोकथाम गर्न सकिन्छ।

कृतज्ञता

१ कृषि तथा बन बिज्ञान विश्वबिद्यालय

२ कृषक वर्गहरु : मेघराज चौधरी ,पुरन चौधरी ,कृष्ण राइ र अन्य कृषक वर्ग|

फोटो  : मंगलपुर र कल्यानपुरमा किसानहरुसंगको अन्तरक्रिया|

सन्दर्भ सामग्रीहरु 

१ कृषि डायरी २०७६ । नेपाल सरकार ,कृषि बिकाश मन्त्रालय ,कृषि सूचना तथा संचार केन्द्र

२ नेपाल कृषि अनुसन्धान परिषद २०१५/१६ । गोलभेंडामा लाग्ने मुख्य रोगहरु तथा तिनका व्यवस्थापन ,खुमल्टार ललितपुर

३ स्मार्ट कृषि एप

  1. Ghimire, N. P., Kandel, M., Aryal, M., & Bhattarai, D. (2017). Assessment of Tomato consumption and demand in Nepal. The journal of Agriculture and environment, 18, 83-94.
  2. DOI: http://bioweb.uwlax.edu/bio203/s2007/benrud_jaco/index_files/Page521.html.

 

 

Leave a Reply

Your email address will not be published.