आलु खेती

आलु खेती

| Advertisement |

Promotional banner

 

आलु खेति प्रविधि

आलुको उत्पत्ति एवम् परिचय
आलुको उत्पत्ति दक्षिण अमेरिकाको एण्डिज पर्वतिय श्रृङ्खलाको पेरु तथा बोलिभिया क्षेत्रमा २०० इशा पूर्वमा आलु खेति शुरु भएको र त्यस ठाउँमा आलुको उत्पत्ति भएको मानिन्छ । नेपालमा आलु कहिले र कहाँबाट भित्रियो भन्ने एकिन नभएता पनि इस्ट इण्डिया कम्पनीको कर्णेल कर्क पेट्रिकले सन् १७९३ मा आफ्नो नेपाल भ्रमण प्रतिवेदनमा भारतको पटनाबाट आलुको बीउ काठमाण्डौंमा ल्याई खेती गरिन्थ्यो भनी उल्लेख गरे अनुसार काठमाण्डौं उपत्यकामा आलु खेति शुरु भएको मानिन्छ । (कर्क पेटिक) १८११ को लेखमा अठारौं शताब्दी मध्य देखि अन्त्यतिर नेपालमा आलुखेती शुरु भइसकेको प्रष्ट पारेका छन् ।

आलु नेपालको एक प्रमुख वाली हो । यसको खेती नेपालमा सबै भागमा गरिन्छ । नेपालमा हाल खेती गरिने प्रमुख वाली, धान, मकै, गहुँ, कोदो पछि पाँचौं र उत्पादन र खपतमा आलुको दोस्रो स्थान छ भने उत्पादकत्वमा प्रथम स्थान ओगटेको छ । हाम्रो देशको उच्च पहाडी क्षेत्रमा आलु मुख्य खाद्यान्न वालीको रुपमा र अन्य क्षेत्रमा प्रमुख तरकारी बालीको रुपमा खेती गरिने भएको कारण यसको ठूलो महत्व छ । यस वालीले गरिवी निवारण गर्न सहयोग पु¥याउँछ । हाल नेपालको तराई समथलदेखि ४४०० मिटर सम्मको उच्च पहाडी क्षेत्रमा प्रशस्त मात्रामा आलु खेती हुँदै आएको छ । ९व्यकजष्( ज्ञढढठ० आलुको औषत राष्ट्रिय उत्पादकत्व १३.७३ टन हेक्टर छ ःइब्ऋज्रब्द्यएक्म् द्दण्ज्ञज्ञ।

हावापानी
आलु स्वभावले नै चिसो हावापानी रुचाउने वाली भएकोले यसले चिसो मौसम, जाडो वातावरण रुचाउँछ । तर धेरै न्यून तापक्रममा आलुको बोटको बृद्धि विकास रोक्न सक्छ । त्यसकारण आलु वालीबाट सन्तोषजनक रुपमा राम्रो उत्पादन लिन चिसो हावापानी र वातावरण आवश्यक पर्दछ ।

जमीनको छनौट
व्यावसायीक आलु खेती गर्न पानी नजम्ने निकास भएको, भनेको बेलामा सिचाई हुने प्राङ्गारिक पदार्थ मिसिएको हल्का दुमट बलौटे माटो र घर पाएक पर्ने सडकले छोएको जमिन छान्नुपर्छ ।

जमीनको तयारी
आलु जमीन मुनि फल्ने वाली भएकोले ३–४ पटक हलो वा ट्याक्टरले गहिरोसँग जोतेर माटोलाई खुकुलो र बुरबुराउँदो पारी आलु रोप्ने प्लट तयारी बनाउनु पर्दछ ।

मल खाद्य
व्यावसायिक आलु खेतिमा, प्रतिरोपनी राम्ररी कुहिएको प्राङ्गारिक वा कम्पोष्ट मल करिब ६० देखि ७० डोका अथवा १५०० किलो साथै डि.ए.पी. ११ केजी, म्यूरेट अफ पोटास ५ केजी र यूरिया ७ केजीमा आधा भाग जमिन तयार गर्दा माटोमा मिलाउने वा आलु रोप्ने समयमा लाईनमा धारो बनाएर हाल्ने तर रासायनिक मलसँग सोझै सम्पर्कमा नआउने गरी कम्पोष्ट मल राखी माटोले पातलो छोपेर बीउ रोप्ने र सिफारिस अनुसार बाँकि आधा युरिया १ महिनापछि गोडमेल गरी उकेरा दिँदा टपडे«स गर्ने र सम्भव भए हलुका सिंचाई गर्ने ।

आलुका जातहरुः
राष्ट्रिय आलुवाली अनुसन्धान कार्यक्रम खुमलटारको जातीय मूल्यांकन नीति अन्र्तगत रहेर विगतमा तत्कालीन राष्ट्रिय आलुवाली विकास कार्यक्रम खुमलटारले बर्षौं लगाएर गरिएका मूल्यांकनको आधारमा उन्मोचित र सिफारिस गरिएका केही उन्नत जात र स्थानीय जातहरु निम्न छन् ।
कुफ्रि ज्योति, कुफ्रि सिन्धुरी, डिजिरे, जनकदेव, खुमल सेतो १, खुउमल रातो २, कार्डिनल, एनपिआई १०६, एम.एस. ४२, पेरिकोली, स्यांदोर्जे पूर्वी पहाडको लागि, थारु लोकल सेतो पश्चिम तराई, जुम्ली लोकल सेतो मध्य पश्चिमको लागि, काठमाण्डौं लोकल रातो काठमाण्डौं उपत्यकाका लागि प्रसिद्ध छन् ।

बीउको छनौट
व्यावसायिक आलु खेती गर्न भरपर्दो स्रोतबाट समयमा नै आफूलाई आवश्यक पर्ने राम्रो बीउ छनौट गरी खरिद गर्नुपर्दछ । २५ देखि ५० ग्राम तौल भएको चाउरी नपरेको मोटा मोटा टुसा आएको बीउ छान्नु पर्दछ । यदि रोप्ने बीउको साइज र आकार ठूलो भएमा टुसा आउने भाग हेरी ठाडो पारेर काट्नुपर्दछ । काटेर रोपेको बीउबाट उत्पादन भएको आलु आउने साल बीउमा प्रयोग गर्नुहुँदैन ।

रोप्ने तरिका
आलु रोप्ने जमिन तयार भईसकेपछि ५ देखि ७ सेमी गहिरोमा बोट देखि बोटको दुरी २५ देखि ३० सेमी फरकमा र १ ड्याङबाट अर्को ड्याङ्को दुरी ६० देखि ७० सेमी फरकमा टुसा आएको पुष्ट बीउ रोप्नुपर्दछ । यसो गर्दा सिचाई, गोडमेल गर्न, किटनाशक विषादी छर्न सजिलो हुनका साथै उत्पादन बढि लिन सकिन्छ ।

बीउको उपचार
आलु रोप्नु भन्दा तिन दिन अगाडि आफुसँग भएको आलुको बीउ के कस्तो अवस्थाको छ ,गे्रडिङ गरि यदि ठुलो साइज भएमा बीउ उम्रने भाग र टुसा हेरेर ठाडो पारेर चक्कु वा चुलेसीले काट्नु पर्दछ । तयारी गरिएको बीउलाई डाइथियन एम. ४५ वा डाइथियन एम. जेट ७८ धुलो २–३ ग्राम प्रति लि. पानीमा राखेर बनाइएको तयारी झोलमा करिव १५ देखि २० मिनेट डुवाएर झिक्ने र शितल ठाउँमा पातोसँग फिजाएर ओभाएपछि मात्र बीउ रोप्न लायक हुन्छ ।

सिंचाई
आलु खेतीको लागि सिंचाइको आवश्यकता पर्दछ । आलुको दानामा ७५–८० प्रतिशत पानीको भाग हुन्छ जसले गर्दा आलुको दाना र बोटको विकासको लागि हल्का सिंचाईको चिस्यान हुन, आवश्यकता पर्दछ । तर जम्न गएमा हानिकारक हुन्छ ।

आलुको डडुवा रोग
आलु चिसो जाडो मौसममा हुने भए पनि झरी बादल ओसिलो खराब मौसमको कारण आलुमा डडुवा रोग लाग्ने सम्भावना देखिएमा डाईथियन एम. ४५ अथवा डाइथियन एम. जेट ७८ को धुलो २–३ ग्राम प्रति लि. पानीमा हालेर घोल बनाई स्प्रेयरबाट आलुको पातमा तल माथी र बोटै भिज्ने गरी छिटेमा डुढुवा रोग लाग्दैन ।

गोडमेल
आलु रोपेको २५–३० दिन अथवा बोटको उचाई १५–२० से.मी भएपछि पहिलो पटक र आलु रोपेको २ महिना पछि दोस्रो पटक उकेरा गरी माटो चढाउन पर्दछ र झारपात हटाई सफा सँग राख्नु पर्दछ ।

बीउको परिमाण एवं उत्पादन
आलुको बीउ एक रोपनीको लागि बीउको साइज हेरी ७५–१०० के.जी. र प्रति कट्ठा ५० देखि ७५ केजी बीउ आवश्यकता पर्दछ । आलु खेतीमा भौगोलिक वातावरण, मलजल सबै थोक मिलेमा प्रति रोपनी १२००–१६०० केजी सम्म उत्पादन लिन सकिन्छ ।

रोगीङ
आलु उत्पादन भइरहेको प्लटमा वेजात नावो रोगी बोट देखिएमा उखेली हटाउने कार्यलाई रोगीङ भनिन्छ । जस्तै ः मोजाईक, पात दोब्रने, पहेलिने, रोगि नावो आदि लक्षण देखिएमा आलुहरुको बोट दाना सहित नै उखेलेर खाल्टोमा पुर्ने वा जलाउनु पर्दछ ।

हाल्म पुलिङ
आलु लगाएको प्लटमा आलु छिप्पिएर बोट मर्न थालेपछि आलुको ड्याङ फेदमा दुवै गोडाले टेकि बोट उखेलिदिन पर्दछ । यसलाई हाल्म पुलिङ भनिन्छ । १० देखि १५ दिनपछि उक्त ड्याङबाट आलु विस्तारै बाहिर निकाल्ने कार्य गर्नुपर्दछ । यसो गर्नाले चोटपटक लाग्न कम भई आलुको बोक्रा जाम भई गुणस्तरीय देखिन्छ ।

बीउ लगाउने एवं बालि लिने समय
तराई र भित्री मधेशमा असोज–कात्र्तिक मध्ये,पहाडमा मंसिर १५ सम्ममा लगाईसक्नु पर्दछ । माघ फागुनमा बालि लिने समय हुन्छ तर टिस्टुङ पालुङ चिसो ठाउँमा भने माघ १५ पछि आलु रोप्ने काम हुन्छ । बालि लिने समय भने जेठ महिनामा हुन्छ ।

भण्डारण
खेतबारीमा उत्पादन भएको आलु खनिसकेपछि सुरक्षित ठाउँमा सोझै घाम नपर्ने र हावा खेल्ने चल्ने ठाउँमा फिजाई सुकाउनु पर्दछ । हिउँदे आलु भए ८–१० दिन तथा वर्खे आलु भए १५–२० दिन सम्म फिजाई राख्नु पर्दछ । यदि बीउको लागि हो भने ग्रेडिङ गरेरबीउ साइजको सफा सँग छानेर ५० देखि ६० केजीको जुटको बोरामा प्याकिङ गरि आफुलाई पायक पर्ने नजिकको कोल्ड स्टोर वा सित भण्डारमा भण्डारण गर्न लानु पर्दछ यदि विक्री गर्ने हो भने बजारको व्यवस्था हेरी बिक्री गर्नु पर्दछ ।