आँपमा कालो दाग देखियो?

आँपमा कालो दाग देखियो?

आपँको फल पाके पछि चित्रमा देखाए जस्तो भएको छ भने त्यो आपँमा रोग लागेको छ भन्ने कुरा बुझनु पर्दछ । यो रोग बोटका कलिला पात ,डाँठ ,फूलमा नै लाग्ने भएता पनि सामान्यतया कृषकहरुले वेवास्ता गर्दा फलमा यसको बढी प्रकोप देखिन्छ । यस्ता आपँहरु बजारमा बिक्री योग्य हुदैँनन जसले गर्दा कृषकहरुले ठूलो आर्थिक भार व्यहोर्नु पर्दछ । यो रोगलाई फलमा देखिनु भन्दा अगाडी नै व्यवस्थापन गरेमा आपँको फलमा यो समस्या देखिदैन ।

यो रोग के हो ?

यो रोग एक प्रकारको ढुसीबाट लाग्ने रोग हो । यसलाई आपँको एन्थ्राकनोज भनिन्छ । यो रोग लागेको बोटका पातमा गोलाकार तथा असामान्य फोका देखिन्छ । तल चित्रमा देखाए जस्तो । जसको रँग गाढा खैरो देखिन्छ । ति फोकाहरु पातमा बढदै गई पातको धेरै स्थान ओगटदछ । त्यसरी पातमा फोकाहरु बढदै गए पात काण्डबाट छुट्टिई भुँईमा झर्दछ । वातावरणमा आद«ता धेरै भएको अवस्थामा फूल तथा कोपिलामा कालो धब्बा देखा पर्दछ । यसरी संक्रमित भएका फुलहरु केही मात्र फुल्ने वा फूल्दै नफूल्ने हुन्छ । यदि फल लागेको अवस्थामा यो रोग फैलिन गए , फल पाक्ने बेला यो रोगको चिन्ह प्रष्ट देखिन्छ । फलमा कालो धब्बा दखिई उतm धब्बा फैलिन थाल्दछ ।

कसरी सर्छ ?

यो रोग एक बोटबाट अर्को बोटमा सर्न कुनै माध्यमको आवश्यकता पर्दछ । जस्तै ः संक्रमित पात ,फूल ,कोपिला तथा फलबाट यो रोग अन्य बिरुवामा सर्दछ । त्यसबाहेक यो ढुशीबाट लाग्ने रोग भएकोले ढुशिका स्पोरहरु हावाको माध्यमबाट एक ठाउँबाट अर्को ठाँउमा सर्दछ । वातावरणको तापक्रम २५ डिग्री सेन्टीग्रेड तथा सापेक्षिक आद«ता ९५—९७ प्रतिशत हुँदा यो रोग छिटो फैलिने गर्दछ । तसर्थ यो रोग बषा याममा छिटो फैलिने गर्दछ । हरियो फलमा यो रोग बोक्रामा मात्र दखिएता पनि फल पाक्दै गर्दा यसको संक्रमण पनि भित्र सर्दै जान्छ ।

व्यवस्थापन

  • आपँको बोटका पातहरुमा यस्ता कालो फोकाहरु देखिएमा बेनामाईल सोलुसनको स्प्रे गर्ने ।
  • पाक्न लागेको फलमा देखिएको खण्डमा, फल टिपे पछि बजारमा लैजान भन्दा अगावै वा भण्डारण गर्नु भन्दा अगावै फललाई ५०—५५ डिग्री सेन्टीग्रट तापक्रममा १५ मिनेट सम्म डुबाई राख्ने । यसले गर्दा भण्डारणका दौरान यो रोगको वृद्धि रोक्दछ ।
  • फललाई बोनोमाईल सोलुसन ५०० पि पि एम को झोलमा ५ मिनेट डुबाउनाले पनि यसको बृद्धि रोक्दछ ।