टिलापिया माछा

टिलापिया माछा

टिलापिया पछिल्लो समयमा विश्व बजारमा तिव्र गतिमा बजार लिईरहेको माछा हो । यो माछालाई हरेक प्रकारका पोखरी, पिजंडा पोखरी , ठृ्ला पोखरी ठृ्ला टंयाङ्कि ,खोला नाला ,ताल तलाउमा पालन गर्न सकिन्छ । यो माछालाई अन्य जातका माछा भन्दा सघन तरिकाले पाल्न सकिन्छ । एफएओले उल्लेख गरे अनुसार १ घन मिटरमा ७५ वटासम्म यस माछाका फिंगरलिंग्स राख्न सकिन्छ । स्वास्थको दृष्टिकोणले पनि उतिकै महत्वपृ्र्ण र लाभदायिक यस माछा पालनमा मृ्ख्य ३ पक्षलाई ध्यान दिनु पर्दछ ।

भुरा

टिलापिया माछाको भृ्रा उत्पादन विधि अलि बढि बैज्ञानिक भएको हुनाले माछा पालन गर्न चाहने कृषकहरुले व्यावसायिक भुरा उत्पादकबाट नै खरिद गर्न उपयुक्त हुन्छ । ह्याचिंग संचालन गर्न चाहनेले पनि प्राविधिक ज्ञान लिनु पर्दछ । नेपालमा रहेको एक मात्र टिलापिया भुरा उत्पादन तथा अनुसन्धान केन्द्रबाट भुरा खरिद गरि टिलापिया माछापालन गर्न सकिन्छ ।

पालन

फिङगरलीङसबाट जति चाडै बजार योग्य बनायो त्यति मृ्नाफा बढ्ने हृ्दा यस अवस्थामा माछाको स्वास्थ्यमा पनि त्यतिकै विचार पु¥याउन पर्ने हुन्छ । यस अवस्थामा किसानले जान्नु पर्ने पक्षहरु जाँच गर्ने ,छुटयाउने वा अलग्याउने ,तौल लिने तथा अन्य व्यवस्थापनका पक्षहरुलाई विशेष ध्यान दिएर सम्पन्न गर्न पर्ने हुन्छ । यसको लागि आवश्यक प्राविधिक जानकारी तथा सेवा लिनु पर्दछ ।

हार्भेस्टिङ

माछापालनमा अर्को महत्वपूर्ण काम हो हार्भेष्ट । उपयुतm तरिकाले र सहि समयमा हार्भेष्ट नगर्दा माछापालन व्यवसायमा धेरै नोक्सानि बेहोर्नु पर्ने जोखिम हुने गर्दछ । तसर्थ माछालाई बजार योग्य हँुदा व्यवस्थित तरिकाले मारेर मात्र संकलन गर्नु पर्दछ । मार्दा बजार योग्य भएकालाई मात्र मार्ने गर्नु पर्दछ ।