एकिकृत मत्स्यपालन

एकिकृत मत्स्यपालन

माछाको बढदै गएको बजारका कारण नेपालमा पछिल्लो समयमा धेरै कृषि उद्यमीहरु माछापालन तर्फ आकर्षित भईरहेका छन् । बढ्दै गईरहेको जनसंख्या र घटिरहेको खेतियोग्य जमिनको कारण अहिले सानो र थोरै क्षेत्रफलबाट बढी र सघन उत्पादन लिनु पर्नेछ । कृषि तथा पशुपालनलाई एकिकृत गरी उपलब्ध भएका सिमित श्रोत साधनबाट बढी उत्पादन लिने एउटा प्रविधि हो ः एकिकृत कृषि तथा पशुपालन । एकिकृत तरिकाबाट कृषि तथा पशुपालन गर्दा छनौट गरिने बाली तथा पशुहरु आर्थिक तथा व्यवस्थापनका हिसाबले अन्र्तसम्बन्धित हुनु पर्दछ । सोही अनुरुपले विश्व मै एक सफल एकिकृत कृषि प्रणालीको उदाहरण हो ः एकिकृत मत्स्यपालन एकिकृत मत्स्यपालन भन्नाले माछा पालनसंगसंगै अन्य कृषि वा पशुपालनलाई एकै जमिनमा समानान्तर हिसाबले सञ्चालन गर्नु हो । माछापालनसंग विभिन्न कृषि तथा पशुपालनको व्यवसायहरुलाई अन्र्तसम्बन्धित गर्न सकिन्छ, जस्तैः

१. धान खेतमा माछापालन

२. माछासंग हाँसपालन

३. माछासँग बगुंरपालन

४. माछासँग कुखुरापालन

५. माछासँग गाई भैसीपालन

धान खेतमा माछापालनका बारेमा यहाँ प्रस्तुत गरेकाछौ । सामान्यतया धानलाई मलिला,े प्रशस्त पानीको व्यवस्था भएको स्थानको आवश्यकता पर्दछ । त्यसरी नै माछालाई पनि प्रशस्त पानी भएको, मलिलो माटोको आवश्यकता पर्दछ । धानखेतको कतै प्रयोगमा नआएको ठाउँलाई वा खेत कै निश्चित स्थानमा पानी जम्मा गरी माछापालन गरी दोहोरो उत्पादन लिने गर्न सकिन्छ ।

कसरी गर्ने धानखेतमा माछापालन ?

धान खेतमा माछापालनको थालनी गर्दा धानखेतको कुनै निश्चित स्थान,खाली रहेको छेउ– कुनामा पानी जम्मा गरी माछाका भुरा राखिन्छ । धानखेतको छेउमा नै पानी जम्मा हुने कुलेसो जस्तो बनाएर माछाहरु सजिलै धान खेतमा जाने र कुलेसोमा आउने गरी पानीको लेवल मिलाउनुपर्दछ ।

धान खेतमा माछापालन गर्दाका फाईदाहरु :

  • जमिनको सदुपयोग हुने ।
  • कम परिश्रम लाग्ने ।
  • माछा पौडिदा धानको बोट हल्लिएर परागसेचनमा सहयोग पु¥याई धानको उत्पादन बढने ।
  • माछाको दिसा तथा फोहोर धानलाई मलको रुपमा प्रयोगमा आउने ।
  • दाहोरो आम्दानी हुने ।
  • माछाले धानको बोट वरपर लागेको लेउ तथा शुक्ष्म बनस्पति खाईदिएर खाद्यतत्व बचाउने काम गर्छ ।
  • धान खेतमा व्यवसायिक भुरा हुर्काइ बेचेर आम्दानी लिन सकिन्छ ।
  • धानमा लाग्ने गवारो किरालाई माछाले खाईदिएर किरा व्यवस्थापनमा सहयोग पु¥याउछ ।

कस्तो धानको छनौट गर्ने ?

  • नढल्ने र जरा गहिराई सम्म जाने
  • धेरै पानी सहन सक्ने जात ।
  • मध्यम गाँज हाल्ने विउ ।
  • रोग, किरा प्रतिरोधी जात ।
  • यसको लागि उपयुक्त जातहरुमा:जलादी १,जलादी २, राधा ४, PT B १६,जलमगन,मनोहर्साली, मनिपुर आदि ।

मल व्यवस्थापन

  • धान र माछा दुवैलाई मलको आवश्यकता पर्ने हुनाले पाकेको गोबर मल वा कम्पोष्ट मल ३० टन प्रति हेक्टरका दरले हाल्नुपर्दछ ।
  • कम्पोष्ट वा प्राङगारिक मलले नपुगेको खण्डमा ६० के.जी प्रति हेक्टरका दरले युरिया र डिएपि राख्न सकिन्छ । जसलाई तिन भाग लगाएर धान रोपिसकेपछि, गाँज हाल्ने बेला र फुल .फुल्ने बेला राख्नुपर्दछ ।

रोग कीरा व्यवस्थापन:

  • सबै भन्दा विचार गर्नुपर्ने पक्ष रोग किराको व्यवस्थापन हो । विषादीको प्रयोग यो प्रविधिमा गर्नु हुदैन । विषादीको प्रयोग गर्दा त्यसले प्रत्यक्ष माछामा असर गरी माछा मर्ने हुन्छ ।
  • किरा व्यवस्थापन गर्न यस प्रणालीमा एकिकृत शत्रुजीव व्यवस्थापनको सिद्धान्त अपनाउनु पर्छ ।
  • विषादीको प्रयोग गर्नु पर्ने अवस्थामा केही कार्वाेमेट्स र अर्गानोफस्फेट समुहका निश्चित विषादी प्राविधिकको सल्लाहमा प्रयोग गर्न सकिन्छ ।

कस्तो माछा छनौट गर्ने ?

  • छिटो वृद्धिदर भएको माछाको जात ।
  • कम पानीमा पनि बाँच्न सक्ने ।
  • कम अक्सिजनको लेवल पनि सहन सक्ने ।
  • तापक्रम प्रतिकुल हुँदा पनि सहन सक्ने ।
  • शुक्ष्म वनस्पति र शुक्ष्म जीव खान मन पराउने
  • जस्तैः रहु, टिलापिया, कत्ला–कत्ला, पुन्टियस, मिल्कफिस, कमन कार्प आदी ।

यो पद्धतिले माछापालन गर्दा निम्न कुराहरुमा ध्यान दिनुपर्दछ:

(क) स्थानको छनौट: धानखेतको नजिकै पर्ने गरी माछाको भुरा राख्ने स्थानको छनौट गर्नुपर्दछ । माछाको भुरा राख्ने स्थान छनौट गर्दा अलि गहिरो र पानी अन्यत्र सुख्खा हुँदा पनि जम्मा भईरहने स्थानको छनौट गर्नुपर्दछ । माछा राख्ने स्थानको माटोको संरचनागत अवस्थालाई पनि ध्यान दिनुपर्दछ । त्यसको लागि दुमट वा चिम्टाईलो दुमट माटो भएको स्थान हुनुपर्दछ । माछा राख्ने स्थानको टुङगो लागेपछि उक्त स्थानमा ३ फिट गहिराई सम्म पानी जम्मा हुने गरी कुलेसो बनाउनु पर्दछ । कुलेसो निम्न स्थानमा बनाउदा उपयुक्त हुन्छ ः

(ख) जमिनको तयारीः माछा राख्ने कुलेसो निर्माण गरि उक्त कुलेसोमा माछा सजिलै आवातजावातको व्यवस्था मिलाईसकेपछि खेतबाट बाहिर जाने पानीलाई पनि निगरानी गर्ने गरी जाली तथा स–साना माछा छिरेर बाहिर जान नसक्ने प्वाल भएको वस्तुले छोपिदिनुपर्दछ । जमिनको तयारी गरीसकेपछि खेतमा भएका र आउन सक्ने संभावित शत्रुजिवको आगमनलाई निषेध गर्ने व्यवस्था मिलाउनुपर्दछ ।

(ग) नर्सरी तयारी: माछाको भुरा (फ्राई) लाई फिंगरलिङस बनाउन खेतकै छेउमा सानो बन्द पोखरी जस्तो बनाई पाल्नु पर्दछ । फिङगरलिङस तयार भईसकेपछि त्यसलाई खेत वा माछापालन गर्न बनाइएको स्थानमा लगेर छोड्नु पर्दछ ।

(घ) स्टकि· :फिङगरलिङस वा फ्राईलाई खेतमा छोडदा बिहानको समयमा गर्नुपर्दछ । भुरा राख्दा मेल नखाने भिन्न भिन्न जातका माछालाई एकै ठाउँमा राख्नु हुदैन जस्तैः प्रावन र कार्प माछा एकै ठाउँमा राख्न मिल्दैन ।

(ङ) झार तथा हानिकारक जीव व्यवस्थापन खेतमा उम्रिएका घाँस, झारहरुलाई हटाएर खेतमा रहेका अन्य जनावरहरुलाई व्यवस्थापन गर्नुपर्दछ । ठूला झार र तिनका जराहरुले माछाको क्रियाकलापमा अवरोध पु¥याई वृद्धि विकासमा बाधा पु¥याउदछ । साथै खेतमा आउने चराहरु, सर्प वा अन्य जलचर प्राणीहरुको पनि नियमित अनुगमन गरी व्यवस्थापन गर्नुपर्दछ ।

(च) हार्भेष्टि· माछाको छनौट गर्दा सकभर छिटो बजार योग्य हुने माछाको जातको छनौट गर्नुपर्दछ । जस्तैः टिलापिया, ग्रास कार्प, माँगुर आदि । माछा बजारयोग्य भईसकेपछि खेतमा जाँदा माछा पनि कुलेसो तर्फ जान्छन जब सबै माछाहरु कुलेसोमा जान्छन तब जाल वा पानी सुकाएर माछा हार्भेष्टिङ गर्नुपर्दछ ।