कृषि उपज उत्पादनमा उत्प्रेरण जगाउने काममा सरकारले ढिला गर्नु हुन्न

कृषि उपज उत्पादनमा उत्प्रेरण जगाउने काममा सरकारले ढिला गर्नु हुन्न

संसारमा विभिन्न समयमा विभिन्न प्रकारका विपत्तिहरु आईरहेका छन् । कहि प्राकृतिक कहि जैविक त कहि बातावरणिय प्रभावले गर्दा भैरहेको छ । कोरोनाभाईरस (COVID-19) ले गर्दा संसारभर मानवीय तथा आर्थिक क्षति धेरै भईरहेको छ र यस क्षतिको लेखाजोखाको एकिन हुन केहि समय लाग्ला ।

विश्वमणि पोख्रेल, पूष्प व्यवसायी

विश्व अर्थतन्त्रमा उत्पादनमूलक क्षेत्रको प्रमुख भूमिका रहेको कुरा सर्वविदितै छ । त्यसमा पनि कृषि क्षेत्रको भूमिका महत्वपूर्ण छ । संसारका करिब २८ प्रतिशत जनता आफनो जीविकोपार्जनका लागि कृषि पेशामा आबद्ध छन् । नेपालको सन्दर्भमा कुरा गर्ने हो भने पनि बहुसंख्यक जनता कृषि पेशामा नै निर्भर छन् । नेपाल लगायत संसार भर नै निम्न वर्ग र मध्यम आय हुने वर्ग यही पेशामा आबद्ध छन् ।
भाईरस(COVID-19)को प्रभावले नेपालको कृषि उत्पादनलाई पनि अति नै असर पुर्याएको छ । धेरै श्रम, लगानी समय लगाएर गरिएको उत्पादन बजारमा जान नसक्ने अवस्था भएकोले कृषकले खेतबारी, फर्म मै आफ्नो उत्पादन डम्प गर्नु पर्ने अवस्था रहेको छ । विकसित मुलुकहरुले राहतका प्याकेजहरु घोषणा गरि आफ्ना उत्पादकलाई विभिन्न राहतका प्याकेज सार्वजनिक गरेका छन् । यसै सन्दर्भमा नेपालमा पनि उत्पादक कृषकलाई कोरोना पश्चात पनि उत्पादनमा उत्प्रेरणा जगाउन विभिन्न प्याकेजहरुः विउविजन, मलखाद, औजार साथै बैंक लोनको ब्याज मिनाहा लगायत आगामी दिनमा उत्पादित वस्तुहरुको मूल्य निर्धारण गरि सहज बजारीकरण गर्न टेवा पुर्याउन सकेमा कृषक उत्साहित हुने छन । यसको साथै सरकारी सेवा प्राप्त गर्न अझै झन्झटिलो प्रकृया भएको हुँदा यसलाई चुस्त बनाई कृषि प्रसार सेवा किसान कै खेतबारी वा फर्म मै प्रदान गर्न सकेमा उत्पादन गर्न प्रेरणा मिल्ने छ । संसारभर नै लक डाउन भएको अवस्थामा कतिपय कुराहरु आयात गर्न पनि सम्भव नहोला तसर्थ २५ दिन देखि ६ महिनामा सजिलै उत्पादन गर्न सकिने कृषि उपज उत्पादनमा उत्प्रेरण जगाउने काममा सरकारले ढिला गर्नु हुन्न ।

नोट : तपाई पनि कृषि व्यवसायमा हुनुहन्छ र यो संकटमा कृषि क्षेत्रका लागि राज्यले के गर्नु पर्छ भन्ने कुरामा आफनो विचार प्रकाशित गर्न चाहनु हुन्छ भने इमेल गरि पठाउनु होला ।