कालीमाटी बजारमा कोरोना टेस्ट हुने

कालीमाटी बजारमा कोरोना टेस्ट हुने

नेपाल सरकार , स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र काठमाण्डौ महानगरपालिकाको आयोजनामा कालीमाटी फलफूल तथा तरकारी बजार परिसर भित्र भोली अथार्त जेष्ठ १ गते बिहान ११ः०० बजे कोभिड १९को RDT र PCT परीक्षण कार्य हुने भएको छ । उक्त परीक्षण कार्यमा बजार क्षेत्र भित्र प्रत्यक्ष रुपमा कृषि वस्तको खरिद बिक्री कार्यमा संलग्न हुने व्यवसायी, व्यवसायीका सहयोगीहरु, ढुवानी कार्यमा संलग्न हुने भरीया, सवारीचालक, सहचालकहरु, मजदुर, सुरक्षकर्मी तथा कर्मचारी लगायतका बजार संचालन कार्यमा संलग्न हुने व्यक्तिहरुले परीक्षण गराउन सक्नेछन । यसले कालीमाटी तरकारी तथा फलफूल बजारमा संक्रमण भएको भएमा थाहा पाइने भएता पनि बिहान ११ बजे कालीमाटीको भिड ३० प्रतिशत मात्र बाकी रहने हुने हुदाँ यस परीक्षण कार्यक्रमको खास उद्देश्य प्राप्त हुने देखिदैन । यसरी ११ बजेको साटो सबै नीकायलाई समन्वयमा लिएर बिहान ३ बजे देखि ८ बजे सम्म कालिमाटीमा आउने सबैलाई परीक्षण गर्ने व्यवस्था गरिएको भए प्रभावकारी हुने थियो । ढिलै भए पनि यो कामको शुरुवात गरेकोमा संक्रमणको अत्याधिक जोखिम भएको बजारमा यो परीक्षण गर्ने काम संचालन गरेकोमा कालीमाटी बजार बिकास समितिले एकदमै सर्हानीय काम गरेको छ र अब अन्य बजारले पनि यो परीक्षण गर्ने तर्फ सोच्नु अत्यावश्यक छ ।

कालीमाटी बजारको सुचना