प्रदेश ५ सरकारले काेभिड विशेष कृषि कार्यक्रम सञ्चालन गर्ने

प्रदेश ५ सरकारले काेभिड विशेष कृषि कार्यक्रम सञ्चालन गर्ने

बुटवल,१ जेठ ।

प्रदेश सरकारले काेभिड—१९ बाट प्रभावित किसानलाई राहत प्रदान गर्न कोभिड विशेष कृषि कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

साे कार्यक्रमका लागि प्रदेश सरकारले ५१ करोड १४ लाख रुपैंया छुट्याएको छ ।

आज बसेकाे प्रदेश मन्त्रीपरिषद् बैठकले कोभिड विशेष कृषि कार्यक्रम सञ्चाल गर्ने निर्णय गरेको हाे ।

बैठकले कोभिड —१९ का कारण विदेशबाट फर्केका र व्यवसायिक खेती उन्मुख प्रोत्साहन कार्यक्रम सञ्चालन गर्न २१ करोड ८० लाख रकम छुट्याएको छ भने प्रदेश स्वास्थ्य नीति—२०७७ र स्वास्थ्य नियमावली स्विकृत गर्ने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रीपरिषदकाे कार्यालयका प्रेस सल्लाहकार सेरबहादुर केसीले जानकारी दिए ।

त्यस्तैगरि केही प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक २०७७ प्रदेशसभा समक्ष पेश गर्न स्विकृति दिने निर्णय गर्नुका साथी बैठकले जेठ ९ गते प्रदेश सभा आव्हानका लागि प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

बैठकले कोरोना विशेष अस्पतालको क्षमता बढाउने निर्णय गरेको छ ।
बुटवलकाे काेराेना बिशेष अस्पतालमा २ सय बेड थप्ने,भैरहवाको भीम अस्पतालमा १ सय बेड थप्ने,
बाँके, बुटवल र भैरहवामा बिरामीको चाप भएकाले तत्काल राख्न नसकिएको अवस्थामा दाङको बेलझुण्डीस्थित कोरोना अस्पतालमा विरामी पठाउने,बाँकेमा डेण्टल अस्पताल र सैनिक अस्पतालमा १ सय बेड आइसोलेसन तयार गर्ने निर्णय समेत बैठकले गरेको छ ।

विरामीको चापलाई ख्याल गर्दै तौलिहवास्थित कपिलवस्तु बहुमुखी क्याम्पसमा आइसोलेसन बेड तयार गर्ने र रोल्पामा वम विष्फोटमा मारिएका चार बालबालिकाका परिवारलाई १ लाख रुपैंयाका दरले राहत दिने निर्णय प्रदेश सरकारले गरेको छ ।

साभार: http://lumbinipati.com/