तपाईले माछा, कुखुरा पालन संगै गर्दे आउनुभएको छ

तपाईले माछा, कुखुरा पालन संगै गर्दे आउनुभएको छ

नेपालमा एकिकृत रुपमा कृषि व्यवसाय गर्ने चलन बढ्दो छ । यदि तपाईले माछा, कुखुरा पालन संगै गर्दे आउनुभएको छ वा छुटाछुटै गरिराख्नुभएको छ भन्ने यो समयमा निम्न कुराहरुमा ध्यान दिनुपर्दछ ।

कुखुरा, हाँस, बंगुर

  • हाल बिभिन्न स्थानमा लेयर्स तथा ब्रोईलर कुखुराहरुमा ईन्फेक्सस् कोराईजा र यो जस्तै लक्षण (नाकबाट सेतो, बाक्लो सिंगान फाल्ने, अनुहार वरपर सुन्निने, आँखाको तल्लो भाग सुन्निने र पहेँलो चिज जम्मा हुने, आँखा बन्द हुने) देखापरेको छ। यसको रोकथामको लागि फार्ममा जैविक सुरक्षाका उपायहरु कडारुपमा अपनाउनुहोस्। रोग देखा परिहालेमा दक्ष प्राविधिकको सल्लाहमा अक्सिटेट्रासाइक्लिन, इरिथ्रोमाइसिन वा फ्लोरोक्विनोलोन्स समूहका एन्टिबायोटिक औषधिहरु प्रयोग गर्नुहोस्।
  • कुखुराहरुमा सेतो छेर्ने, कक्सिडियोसिस, टक्सिन र जीवाणुको संक्रमण देखिने अनुकुल मौसम भएकोले सावधानी अपनाउनुहोस्।
  • बिस्तारै तापक्रम घट्दै जाने भएकोले हुर्कंदो अवस्थामा रहेका लेयर्स कुखुराहरुको खोरमा उपयुक्त तापक्रम मिलाउनुहोस्। यदि ब्रुडिङ्ग चल्लाहरु राख्ने योजना भए खोर तताउने उपकरणहरुको पनि बन्दोवस्त गर्नुहोस्। ई. कोलाई जस्ता जिवाणुहरु पानीमा हुने भएकोले कुखुरालाई पानी खुवाउँदा स्वच्छ र सफा पानी खुवाउनुहोस्।

मत्स्यपालन

  • इ.यु.एस. (Epizootic Ulcerative Syndrome) संक्रमित माछाको शरीरमा स-साना राता धब्बाहरु देखिन्छ र अत्याधिक संक्रमण भएको माछाको शरीरमा गहिरो घाउ हुन्छ। यस्तो लक्षण देखिएमा संक्रमित पोखरीमा सिफालेक्सिन (Cephalexin) ८० एम.जी. प्रति के.जी. माछालाई १५ दिनसम्म दानामा मिसाई खुवाउनुहोस साथै कोर्सोलिन टि.एच. (Kohrsolin TH) ले दुई साता अन्तरालमा ९०० एम.एल. प्रति हेक्टर जलाशयका दरले कम्तिमा एक मिटर पानी गहिराई कायम गरि पोखरीको उपचार गर्नुहोस्।

 

  • पंगास जातको माछाले चिसो मौसम सहन नसक्ने हुँदा बिक्रीयोग्य साईजको माछालाई अलग्गै छुट्टाई अन्य माछालाई करिब २-२.५ मिटर गहिरो पोखरीमा स्टकिंग गर्नका लागि आवश्यक तयारी गर्नुहोस्।
  • आगामी साता वातावारणीय तापक्रम बदलाबबाट माछालाई हुनसक्ने तनाव (Stress) कम गर्न प्रति हेक्टर जलाशयमा बिहान ४-६ बजेसम्म ०.७५ के.भि.ए. क्षमताको वायुयन्त्र (Aerator) को प्रयोग गर्नुहोस् साथै दैनिक दिने दानामा दिन बिराई भिटामीन सी ०.५ ग्राम प्रति के.जी. दरले थप गरि दिनुहोस्।

घाँसेबाली

  • उच्च पहाडी र हिमाली भेगमा क्लोभर, राईग्रास, कोथे लगाउनुहोस्।
  • मध्यपहाड र तराईमा हिउँदे घाँसहरु- बर्सिम (मेस्कावी, बरदान, गिजी, बि.एल २२, यु.पी.वी. १०३ आदि जातहरु), जै, भेच, केराउ, टियोसेन्टी (मकै चरी), बाजरा आदि लगाउन शुरु गर्नुहोस्। जै घाँसको हकमा ४ के.जी. बीउ प्रति कठ्ठाको दरले उपलब्ध भएसम्म अमृतधारा नभएमा नेत्र, कामधेनु, गणेश, पार्वती आदि जातको जै घाँससँग केराउ अथवा भेच ०.५-१ के. जी. प्रति कठ्ठाको दरले मिसाएर छर्नुहोस्। बर्सिम घाँसको हकमा १ के.जी. बीउ प्रति कट्ठाको दरले राइजोबियमले उपचार गरि प्रयाप्त सिँचाई उपलब्ध भएको जग्गामा मात्र लगाउनुहोस्। धेरै सुख्खा अथवा सिँचाई उपलब्ध नभएको जग्गामा जै घाँससँग केराउको सट्टा भेच घाँसको बीउ एकनासले मिसाएर (जै बीउ ६०% र दलहन/भेच ४०%) लगाउनुहोस्।
  • तराई देखि मध्यपहाडमा सिँचाईको सुबिधा नहुने ठाउँमा लुसर्न घाँस लगाउन जग्गा तयार गर्नुहोस्। बीउ छर्नुभन्दा अगाडि नै बीउलाई ५% नुन र पानीको झोलमा भिजाई पानीमाथि आएका खराब बीउलाई छानी बाँकी बीउमा इनोकुलम लगाउनुहोस्। इनोकुलम लगाईसकेपछि २-३ घण्टा छायाँमा बीउ सुकाउनुहोस् र २४ घण्टाभित्र छर्नुहोस्।
  • हिउँदे घाँस लगाउने जग्गा तयारीको बेला ५०० के.जी कम्पोष्ट, ६.५ के.जी. डि.ए.पी. र २.१ के.जी. म्यूरेट अफ पोटास प्रति रोपनी र ३५० के.जी कम्पोष्ट, ४.३ के.जी. डि.ए.पी. र १.४ के.जी. म्यूरेट अफ पोटास प्रति कठ्ठाका दरले माटोमा राम्ररी मिलाउनुहोस्।

 

Can You Raise Pigs and Chickens Together?

Leave a Reply

Your email address will not be published.