व्यवसायिक आपूर्ति श्रृंखलामा किसानहरूको सहभागिता अधिकतम गर्न र सामूहिक उत्पादन र बजारीकरणमा टेवा दिन जियोकृषि र पाथवे टेक्नोलोजीले हेफर इन्टरनेशनलको सहकार्यमा सूचना प्रणालीमा आधारित ूसामुहिक बजारू को अवधारणा लिएर आएको छ । सामुहिक बजारको उद्देश्य सुरक्षित खाद्य उत्पादन प्रवद्र्धन गरी उचित बजारीकरणमा टेवा प्रदान गर्नु हो। अर्को उद्देश्य किसानको उत्पादकत्व बढाउन वैज्ञानिक रुपमा मान्य सुरक्षित खाद्य उत्पादनका टेक्नोलोजी प्रदान गरेर कृषकको कामलाई सरलीकृत र विस्तार गर्नु हो ।
सामुहिक बजारको वेबसाइटमा कृषक समूहरसहकारीहरुले आफ्ना उत्पादन सूचीकृत गर्छन । सूचीकृत बिज्ञापन हेरी थोक बिक्रेतारव्यापारीले आफ्नो पाएक पर्ने सहकारी संग सोझै सम्पर्क गर्दछन् र उपभोक्ताहरु माझ पुराउने काम गर्दछ । यसरी सबै सरोकारवालाहरूको संलग्नतामा कृषि सूचना सेवाहरूको पहुँच वृद्धि गर्दै कृषि क्षेत्रको दीगो विकास गर्नु पर्छ भन्ने मान्यतालाई सामुहिक बजारले आत्मसाथ गरेको छ ।
| Advertisement |
